चीनमा १४ लाख पर्ने गाडी नेपालमा ३८ लाख कसरी ? यस्तो छ सिजी मोटर्सको स्पष्टिकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2022 | 09:46:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारले भन्सार शुल्कमा छुट दिँदा पनि चीनमा १४ लाख पर्ने गाडीलाई नेपालमा ३८ लाखमा बिक्रि गर्ने घोषणापछि विवादमा आएको सिजी मोटर्सले स्पष्टिकरण दिएको छ। 

बिनोध चौधरीका छोरा निर्वाण चौधरीको सिजी मोटर्सले आज एक बिज्ञप्ती जारी गर्दै कसरी र किन चीनमा १४ लाख पर्ने गाडीलाई नेपालमा ३८ लाख पर्यो भन्नेबारे प्रेश बिज्ञप्ती मार्फत स्पष्टिकरण दिएको हो।

बिभिन्न कारणले गर्दा चीनमा १४ लाख पर्ने गाडीलाई नेपालमा ३८ लाख पर्ने सिजी मोटर्सको दाबी छ। बिशेषगरि बिभिन्न पाँच कारणले गर्दा नेपालमा उक्त गाडीको मुल्य ३८ लाख भएको सिजी मोटर्सले जनाएको छ। 

सिजी मोटर्सले उक्त गाडी ३८ लाख किन पर्यो भनेर दिएका कारणहरु:

पहिलो, नेपालमा सरकारले विद्युतीय कारमा आइसी इन्जिनयुक्त कारको तुलनामा कर सहुलियत दिएको छ । त्यसबाहेक अन्य कुनै सहुलियत उपलब्ध छैन । तर चीनमा भने सरकारले विद्युतीय कार खरिद गर्ने उपभोक्तालाई प्रत्यक्ष रुपमा नगद सहुलियत दिएको छ । यसरी दिइएको सहुलियत चिनबाट निर्यात हुने कारमा लागु हुँदैन । 

दोस्रो, चीनमा विद्युतीय कार उत्पादक कम्पनीलाई चीनको केन्द्र सरकार र प्रान्तीय सरकारहरुले विभिन्न किसिमका छुट तथा सहुलियत दिएका छन् । जसका कारण उत्पादित वस्तुको मूल्य कम हुन्छ र त्यसको लाभ चिनियाँ उपभोक्ताले प्राप्त गर्छन् । उदाहरणकोलागि  जेठ १५ मा सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेटमा नेपालमै कार उत्पादन÷एसेम्बल गर्ने कम्पनीलाई ५ वर्षसम्म आय करमा ४० प्रतिशत छुट दिने उल्लेख छ । यसरी दिइने विभिन्न किसिमका छुटले उत्पादक कम्पनीको लागत कम हुने र त्यसको फाईदा नेपाली उपभोक्ताले पाउँने हुन्छ । तर निर्यात प्रयोजनका लागि भने यस्ता छुटहरु दिइएको हुदैन ।

तेस्रो, चीनले कार्बन उत्सर्जन कम गरेबापत विद्युतीय कारमा अतिरिक्त सुविधा दिँदै आएको छ । यस्तो सुविधा नेपाल आउने कारले पाउँदैनन् । 

चौथो, चीनमा बायाँ (लेफ्ट ह्याण्ड ड्राईभिङ) बाट गुड्ने गाडी प्रचलनमा छन् । नेपाललगायत अधिकांश एसियाली देशमा दायाँ (राईट ह्याण्ड ड्राईभिङ) बाट गाडी गुडाउने नियम रहेको छ । आरएचडी गाडी डिजाइन गर्न आरएन्डडी (रिसर्च एन्ड डेभलप्मेन्ट) मा लगानी गर्नुपर्ने हुन्छ । यसरी गरिने लगानी समेत कारको लागतमा जोडिन जान्छ । उदाहरणका लागि टेस्लाले उत्पादन गर्ने कार आरएन्डी बापत प्रतिकार करिब ११ सय अमेरिकी डलर पर्ने गरेको तथ्यांक छ । त्यसैले आरएचडीमा समेत आएन्डडीको लागत जोडिँदा कारको मूल्य केही थपिएको हुन्छ ।

 पाँचौं, नेपाली बजारमा उपलब्ध निटा भीको प्रतिस्पर्धी कारको तुलनामा यसको मूल्य (सीआइएफ भ्यालु) करिब समान नै रहेको छ । यसरी हेर्ने हो भने उक्त कारको नेपाली बजारमा मूल्यको तुलनामा निटा भीको बजार मूल्य २ लाख रुपैयाँ कम देखिन्छ। चीन सरकारले चिनियाँ उपभोक्ताका लागि विद्युतीय कारमा दिएको अनुदान एवं सहुलियत जोड्दा ५ देखि ६ हजार अमेरिकी डलर हुन्छ । 


केहि व्यक्तिले निजि स्वार्थका लागि अभियान नै थालेर आफुहरु बिरुद्द गलत प्रचार प्रसार गरिएको समेत सिजी मोटर्सले आरोप लगाएको छ। निटा भीको मूल्यबारे फैलाईएको अफवाहको पछि नलाग्न होजोन र सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उपभोक्ताहरुलाई अनुरोध गरेका छन् । 

सीजी मोटर्सका मुख्य कार्यकारी अधिकृत हेमन्त अग्रवालले निटा भीमा उपलब्ध सुविधाहरूको तुलनामा यसको मुल्य निकै आकर्षक रहेको बताएका छन्।  


निटा भीको विशेषता 

लेन्थ– ४ हजार ७० एमएम

वाइड– १६ सय ९० एमएम 

हाइट– १५ सय ४० एमएम 

ह्वीलवेस– २४ सय २० एमएम 

कर्व तौल– १ हजार १ सय ५१ किलोग्राम  

अधिकतम गति– १ सय १ किलोमिटर प्रतिघण्टा 

शून्यदेखि ५० किलोमिटर प्रतिघण्टा ३.९ सेकेन्डमा 

ग्राउन्ड क्लियरेन्स– १ सय ६० एमएम  

ब्याट्री– ३८.५४ केडब्लूएच ९सीएटीएल लिथियम आयन० 

मोटरको पावर– ७०र९० केडब्लूरपीएस 

चार्जिङ स्ट्यान्डर्ड– सीसीएस२

अधिकतम टर्क– १ सय ६० एनएम 

१४.६ इन्चको इन्टेलिजेन्ट कन्ट्रोल स्क्रिन

सिट क्षमता– ५

बुट स्पेस– ३ सय ३५ लिटर


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved