डोजरमा हदैसम्मको कालोबजारी, व्यापारीले एउटै डोजरमा कुम्ल्याउँछन् सय प्रतिशत नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2022 | 01:33:28 PM मा प्रकाशित

laxmi  sunrise bank

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचन पश्चात देशैभरी ‘डोजरे’ विकासको लहर चल्यो । पहाडका डाँडाहरुमा कुनै वैज्ञानिक स्टेमट बिना नै डोजर चलाईए । यति मात्रै नभई, डोजर तथा एक्जाभेटरको किर्तीमानी आयात पनि आर्थिक वर्ष २०७४/०७५ मै भयो ।

स्थानीय तह निर्वाचन भएको वर्ष अर्थात् आर्थिक वर्ष २०७४/०७५ मा हालसम्मकै सबैभन्दा बढी २९ अर्ब ९५ करोड २४ लाख ३१ हजार रुपैयाँ रकम डोजर किनेरै बाहिरियो ।

नेपालमा सुरुमा डोजरहरु एजेन्सीले ल्याउँथे, भाडामा लगाउँथे । आम्दानी अनुसारको रेकर्ड हुन्थ्यो, सो बराबरको कर तिर्थे । तर, अहिले निर्माण व्यवसायीहरुले पनि आफ्नै डोजर तथा एक्जाभेटर किनेका छन्, स्थानीय जनप्रतिनिधिले पनि आफैँ डोजर किनेका छन् । आफूखुशी मूल्य तोकेर चलेको समयको पैसा लिने गरेका छन् ।

जसका कारण सरकारले एकातिर कर गुमाईरहेको छ भने, अर्कोतिर हाल डोजर किनेकाहरु पनि क्रमशः डुब्दै छन् । 

सय प्रतिशतसम्म नाफा

हाल नेपाल भरी ९३ हजार डोजर छन् । यीनको नियमन पनि लथालिङ्ग छ । आवश्यकता भन्दा बढीको संख्यामा डोजर हुँदा यातायात व्यवस्था विभागले यीनको नियमन गर्न सकेको छैन ।

स्रोतका अनुसार डोजर तथा एक्जाभेटरमा झण्डै १ सय प्रतिशत नै नाफा राखेर व्यापारीले बिक्रि गर्दै आएका छन् । 

नेपालमा ब्याकहो लोडरको मूल्य ४० लाखदेखि ५० लाखसम्म पर्छ । एक्जाभेटर ६० लाखदेखि १ करोड १५ लाखसम्म पर्छ । बुलडोजर ८० लाखदेखि ३ करोड मूल्य सम्मका उपलब्ध छन् । 

स्रोतले प्रमाणसहित दिएको जानकारी अनुसार हेभी इक्वीपमेन्टका बिक्रेताहरुले झण्डै १०० प्रतिशतसम्म नाफामा नेपालमा डोजर तथा एक्जाभेटर बेचिरहेका छन् । २८ लाखमा भारतीय बजारमा पाईने डोजरको मूल्य नेपाली बजारमा अहिले ५० देखि ६० लाख पुगेको छ । आयात गरिने देशमा उत्पादन लागत बढेको पनि छैन र नेपालले पनि हेभी इक्वीपमेन्टको आयातमा निर्माणको औजार भनेर जम्मा ४ प्रतिशत मात्रै कर लगाउँदा पनि अस्वभाविक नाफा राखेर बिक्रेताहरुले डोजर बेचिरहेका छन् ।

यो पनिः
डोजरको अत्याशलाग्दो कथा !

कुनै ब्राण्डको डोजरको मूल्य उत्पादन हुने देशमा २८ लाख हुँदा त्यसलाई नेपालमा ल्याउँदा ४ प्रतिशत आयात कर लगाइँदा त्यसको मूल्य २९ लाख १२ हजार भयो । त्यसमा ढुवानी, बिक्रेताको कार्यालय खर्च र अधिकतम् २० प्रतिशत नाफा राखेर बजार पठाउँदा पनि उक्त डोजरको मूल्य बढीमा ३४ लाखसम्म हुनुपर्ने हेभी इक्वीपमेन्ट व्यवसायका जानकारहरु बताउँछन् । 

तर, बिक्रिेताहरुले बैंकबाट डोजरमा हायर पर्चेजको कर्जा समेत मिलाईदिएर ५५ लाखदेखि ६० लाखसम्म बेचिरहेका छन् । 

कुन ब्राण्डका डोजर कसले बेच्छन् ?

नेपालमा सबैभन्दा बढी बिक्रि हुने डोजर तथा एक्जाभेटर हो जेसीबी । एमएडब्ल्यू इन्टरप्राईजेजले बिक्रि गर्ने जेसीबीको मूल्य ६० लाखदेखि १ करोड १५ लाखसम्म छ । 

त्यस्तै, किया, इसुजु र कोमात्सुका हेभी इक्वीपमेन्ट सुरित घिमिरेले बेच्दै आएका छन् । 

स्यानी डोजर ज्योति ग्रुपको भाजुरत्न एजेन्सीले बेच्छ । बकक्याट आईसीपीएलले बिक्रि गर्छ भने भोल्भो पन्चकन्या ग्रुपले नेपालमा बिक्रि गर्दै आएको छ । 

आईएमई ग्रुपको आईएमई मोटर्सले स्कट ब्राण्डका हेभी इक्वीपमेन्ट नेपालमा आयात तथा बिक्रि वितरण गर्दै आएको छ । एक्ससीएमजी र सनवार्ड युनाईटेड मोटर्सले बिक्रि गर्छ ।

केस ब्राण्डका डोजर तथा एक्जाभेटरहरु शंकर ग्रुपको जगदम्बा मोटर्सले बिक्रि गर्छ । कोबेल पूजा इन्टरनेशनलले बिक्रि गर्दा महिन्द्रा र टाटाका हेभी इक्वीपमेन्ट मोतिलाल दुगडले बेच्दै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved