अग्नी ग्रुपको सर्भिस सेन्टर पोखरामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2022 | 06:38:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले  २ एस सर्भिस सेन्टर “पोखरा अटो वर्कश​“ प्रश्याङ्ग, पोखरामा संचालनमा ल्याएको छ । पोखरा अटो वर्कश अग्नी ग्रुपको ३ एस डिलर बतास ब्रदर्शको सहायक कम्पनी पनि रहेको छ ।

अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, बतास संस्थाका अध्यक्ष आनन्द राज बतास लगायतले शो रुमको उद्घाटन गरेका हुन् ।

अग्नी ग्रुपले उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ थप नेटवर्क विस्तार कार्यका लागि यसरी नै आफ्ना डिलर र सबडिलरहरु संचालनमा ल्याउने लक्ष्य लिएको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved