हुण्डाइको लक्जरियस आयोनिक–५ : नाडा इभी एक्सपोको ‘हट केक’

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 22, 2022 | 10:43:12 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली बजारमा विद्युतीय गाडीहरू बढ्दै छन् । विभिन्न कम्पनीहरुले आफ्ना नयाँ नयाँ मोडल ल्याउँदैछन् । सँगै, ‘लक्जरियस इलेक्ट्रिक भेहिकल’ पनि भित्रिने क्रम जारी छ ।

यस्तै मध्येको एउटा हो, गाडीहरुलाई ‘फुल डोज’ लक्जरियस ‘फील’ गराउने हुण्डाईको ‘आईओनिक–५’ । सन् २०२२ को सुरुवातबाट हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भित्र्याएको ‘आईओनिक–५’ हालसम्मकै लक्जरियस इलेक्ट्रिक गाडी हो ।

‘नेचुरल ईभी’

कोरियामा सन् १९७५ मा पोनी (PONY) गाडी निकालिएको थियो । निकै आकर्षक डिजाइनको उक्त गाडीको झल्को दिने गरी कोरियन कम्पनी हुण्डाईले ‘आईओनिक–५’को डिजाइन गरेको छ । अझ यसमा निकै आधुनिक फिचरहरु थपिएका छन् ।

पूरानो र कलात्मक डिजाइनमा आधुनिक प्रविधिको मिश्रण गराएर ईजीएमपी (इलेक्ट्रिक ग्लोबल मोडुलर प्लेटफर्म)मा आधारित भएर यो गाडीको डिजाइन गरिएको छ । सुरुबाटै यसको डिजाइन इलेक्ट्रिक डिजाइन हो ।

यो गाडीमा ब्याट्री बाहिर राखिएको नभई यसमा डिजाइन गर्दै च्यासिसभित्रै जडान गरिएको हुन्छ । त्यसैले यो गाडी ‘नेचुरल ईभी’ हो भन्न सकिन्छ । 

अत्याधिक विशेषता र लक्जरियस

आइओनिक–५ मा निकै विशेषता छन् । यसको डिजाइनिङ र स्टाइल निकै आधुनिक र लक्जरियस छ । 

यसमा प्यारामेट्रिक पिक्सल हेडल्याम्प, पिक्सेल टेल लाइट, ३६० डिग्रीको क्यामेरा पाउन सकिन्छ । ‘ब्लाइन्ड स्पट मोनिटरिङ’ ले ५० डिग्रिमा दृश्य देखाउँछ । सामान्य अरु गाडीहरुले ऐनाबाट २५ डिग्रीमा मात्रै देखाउँछन् । 

सिटहरु इलेक्ट्रिक सिस्टमले ‘सेट’ गर्न सकिन्छ । ड्राइभर र ड्राइभर छेउका २ वटा सिटमा पनि फरक फरक ‘स्पिड’का एसी लगाउन सकिने विशेषता छ । जस्तो, ड्राइभर सिटमा एसी २० लगाईएको छ भने छेउको सिटमा १७ मात्रै लगाउन पनि सकिन्छ । 

स्टेरिङको छेउमा १२.२५ इन्चका २ वटा डिस्प्ले छन् । 

हुण्डाईका अरु गाडीमा भन्दा यसमा गजबको फरक के छ भने स्टेरिङमा ‘एच’ लेखिएको छैन । ‘मोर्स कोड’ अनुसार ४ वटा ‘डट’ (थोप्ला’ हुन्छन् । मोर्स कोडमा ४ वटा डट भनेको ‘एच’ हो ।

ड्राइभर साइट र अर्को छेउकै सिटको बीचमा हुने ‘सेन्ट्रल कन्स्लोभ’ ‘मुभ’ हुन्छ । त्यसलाई सारेर त्यहीँबाट ओहोरदोहोर गर्न सकिन्छ ।

छेउको हात राख्ने ठाउँ र स्पिकर भएको ठाउँ रातीको समयमा लाइटले लक्जरियस देखिन्छ । 

आई–पेडल मोड र भी२एल (भेहिकल टू लोड) यसका अर्का विशेषता हुन् । यसमा एउटा गाडीबाट अर्को गाडीमा चार्ज गर्न मिल्छ । चार्ज गर्नु परेन भने रहेको चार्जले टिभि चलाउन मिल्छ, फ्रिज र वाशिङ मेशिन जस्ता विद्युतीय उपकरण चलाउन सकिन्छ । 

वातावरणमैत्री पनि

‘लक्जरियस ईभी’ ‘आईओनिक–५’ले एकातिर नेपालको आफ्नै बिजुलीको खपत बढाएर इन्धनमा बाहिरिने रकम बचत गर्न योगदान गर्छ भने अर्कोतिर यो वातावरणमैत्री पनि छ । विद्युतीय गाडी आफैँमा वातावरणमैत्री हुन्छन् । तर, यो यसमा पनि ‘एडभान्स’ छ । यस भित्र डिजाइन गरिँदा ब्याट्री र अरु उपकरणबाहेक सबै ‘रिसाइकल आइटम’बाट सजावट गरिएको छ ।

‘फ्ल्याक्स सीड्स’, रिसाइकल प्लास्टिकहरु प्रयोग गरिएको छ । 

१२५ किलोवाट मोटर क्षमता र ५८.९ किलोवाट आवर ब्याट्री क्षमता भएको यो ईभीको डीकी बटमबाटै खोलिन्छ । अगाडीको बोनेट पनि ‘अटो’ अडिन्छ ।

उच्च सुरक्षा मापदण्ड

आईओनिक–५ सुरक्षाका दृष्टिकोणले पनि निकै मजबुत मानिन्छ । ‘युरो एनकेप’ले गरेको ‘र्याङ्किङ’मा यो गाडीले ‘फाइभ स्टार’ पाएको थियो । फाइभ स्टार भनेको सबैभन्दा उच्चतम् अंक हो ।

यसको अगाडी र पछाडीको टायरको दुरी ३ हजार मिलिमिटर छ । ४ हजार ६३५ मिटर लम्बाइ भएको यो गाडी सोलार रुफ र भिजन रुफ २ भेरियन्टमा पाइन्छ । यसको अर्को महत्वपूर्ण विशेषता भनेको ग्राउण्ड क्लियरेन्स हो । १६० मिलिमिटरको ग्राउण्ड ग्राउण्ड क्लियरेन्स छ । यसमा कसैलाई ‘अफ रोड’ कुदाउन शंका लागे १ इन्चसम्म बढाउन सकिन्छ । कम्पनीले नै बढाइदिने सुविधा छ ।

सोलार रुफमा सोलार प्यानल नै जडान गरिएको हुन्छ । त्यसबाट पनि अटोमेटिक चार्ज हुन्छ ।

एक पटकको फूल चार्जमा सोलार रुफमा ४५० किलोमिटरसम्म (प्रयोगकर्ताको अनुभवका आधारमा) र भिजन रुफमा ३७५ किलोमिटरसम्म कुद्न सक्ने यो गाडीको खरिदमा ‘लेभल वान’ चार्ज हुने ‘वायर लेस’ चार्जर पाइन्छ । लेभल–२ र लेभल–३ बाट छिटो चार्ज हुन्छ । 

लेभल–३ चार्जर भनेको डीसी चार्जर हो । यसबाट १८ मिनेटमै फूल चार्ज हुन्छ । १८ मिनेट चार्ज गर्दा ५ सयभन्दा केही बढी शुल्क लाग्छ । 

भिजन रुफमा एक पटक फूल चार्ज गरेपछि ३७५ किलोमिटर कुद्ने दाबी गरिएको र सोलार रुफमा सोलारबाट पनि चार्ज हुने भएकाले ४४० देखि ४५० किलोमिटर कुदेको अनुभव प्रयोगकर्ताबाटै आएको हुण्डाईका सेल्स कन्सल्टेन्ट बताउँछन् ।

स्पेयर पार्टस्मा समस्या नहोस् भनेर कोरियाबाटै १९ इन्चको ‘ह्वील’ ल्याइएको छ ।

विभिन्न ९ फरक रङ्गहरुमा उपलब्ध यो गाडीको मूल्य १ करोड १६ लाख ९६ हजार पर्छ । नाडाले नेपालमै पहिलोपटक आयोजना गर्न लागेको नाडा ईभी एक्सपो–२०२२ मा यो गाडी प्रदर्शनमा राखिने छ । 

हुण्डाईका सेल्स कन्सल्ट्यान्ट दीपेश गौतम भन्छन्, ‘हुण्डाईको यो ईभी एडभान्स छ, लक्जरियस छ । यो वातावरणमैत्री पनि छ । यसमा नेपालकै बिजुली प्रयोग हुन्छ । डिजेल र पेट्रोलभन्दा ९ गुणा बढी सस्तोमै चार्ज गरेर हिड्न सकिन्छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved