बजाजको एक्सचेन्ज योजना: बाइक साट्दा ७ हजार थप मूल्य, नयाँ खरिदमा ७ हजारसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2022 | 07:44:02 PM मा प्रकाशित

laxmi  sunrise bank

बजाज मोटरसाइकलको लागि नेपालको एकमात्र आधिकारीक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले “बजाज ग्रान्ड एक्सचेन्ज फेस्ट” योजना ल्याएको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने यो एक्स्चेन्ज योजना असोज ७ गतेदेखि असोज १० गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको पुरानो बाइकसँग बजाजको नयाँ बाइक साट्न सक्नेछन् । यसरी साटिएको बाइकको १८ भन्दा बढी भ्यालुएटर्सबाट भ्यालुएसन गर्न सकिनुको साथै प्रचलित बजार भ्यालुएसन भन्दा रु. ७००० थप मुल्य पनि पाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सरल किस्ताबन्दी र न्युनतम डाउन पेमेन्टको साथ उपलब्ध यो योजनामा उपभोक्ताहरुले ७००० सम्मको नगद छुट पनि प्राप्त गर्न सक्नेछन् । यसको साथै हरेक दिन एक जना भाग्यशाली विजेताले सामसङ एम सिरिजको मोबाइल र आकर्षक डोर प्राइजेजहरु जित्न सक्नेछन् ।

यस एक्स्चेन्ज योजना अन्तर्गत उपभोक्ताहरुले टेस्ट राइड पनि लिन सक्ने र टेस्ट राइडमा सहभागि उपभोक्ताहरुले पनि आकर्षक उपहारहरु जित्न सक्ने कम्पनीले जनाएको छ । यस एक्स्चेन्ज कार्यक्रममा उपभोक्ताहरुले विभिन्न निःशुल्क एसेसरिजहरु पनि पाउन सक्ने कम्पनीले उल्लेख गरेको छ ।        

अशोज ७ गते अनुप्रास्थको प्रस्तुति रहने यस कार्यक्रममा पल्सर एन सिरिज पनि सार्वजनिक गरिने योजना रहेको कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved