अग्नि समुहको १२५ केभीए डिजेल जेनसेट सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2022 | 01:30:57 PM मा प्रकाशित

laxmi  sunrise bank

अग्नि समूहको सहायक कम्पनी अग्नि मोटोइन्कले नयाँ ४ सिलिन्डर १२५ केभीए डिजेल जेनसेट सार्वजनिक गरेको छ । नयाँ ४ सिलिन्डरको डिजेल जेनसेट सर्वोत्तम पावर, उच्च कार्यसम्पादन गर्ने इन्जिन, सानो आकार, कम तौल र सुन्दर डिजाइनका साथ आएको कम्पनीले जनाएको छ । 

१२५ केभीए “४ सिलिन्डर” डिजेल जेनसेट नेपालभर रहेका आफ्ना सबै डिलर नेटवर्कबाट उपलब्ध गराइने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हाल महिन्द्रा पावोरलले  नेपालमा ५ केभीए देखि ६२५ केभीए सम्मका डिजेल जेनेरेटर बिक्री गरिरहेको छ । 

यो नयाँ जेनसेट लन्च गरेसँगै यसले उपभोक्ताहरूका लागि उत्कृष्ट इन्धन दक्षता, कम लागत र उत्कृष्ट प्रदर्शन दिने, जसले ग्राहकको व्यवसायलाई कुशलतापूर्वक अघि बढाउने कम्पनीले जनाएको छ। कम्पनीले भनेको छ 'महिन्द्रा पावोरल डीजी जेनसेटहरू अग्नि मोटोइन्कको फराकिलो सेवा नेटवर्कद्वारा ग्राहकलाई तत्काल सहयोग प्रदान गर्न विशेषज्ञहरूको टोलीले कम से कम समयमा सेवा गर्न सबैभन्दा उत्तम र उपयुक्त समाधान छनौट प्रदान गर्न मद्दत गर्छ।'


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved