‘गाडी आयातमा लगाइएको प्रतिबन्ध हटाउनुपर्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2022 | 09:34:00 AM मा प्रकाशित

laxmi  sunrise bank

आयात प्रतिबन्धले सबैभन्दा धेरै ब्यापार हुने दशैँको समयमै अटोमोबाइल्स क्षेत्र सिथिल बन्यो । हरेक वर्ष दशैँको मुखमा आयोजना हुँदै आएको ‘नाडा अटो शो’ गाडी अभावका कारण इलेक्ट्रिक भेहिकल प्रदर्शन गरेर सकियो । 

विदेशी मुद्राको सञ्चितिमा दबाब परेको भन्दै बैशाख १४ गतेदेखि निजी प्रयोजनका सवारीको आयातमा प्रतिबन्ध लगाइएको छ । पछिल्लोपटक लम्बिएको प्रतिबन्ध असोज २८ गतेसम्म कायम छ । यसले व्यवसाय मात्रै सिथिल बनेको छैन, सरकारको राजस्व लक्ष्यमा पनि असर गरिरहेको छ ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापा आयत प्रतिबन्ध खोल्नु पर्ने बताउँछन् । नाडा ईभी एक्सपोमा अर्थमन्त्री जनार्दन शर्माले पनि आयात क्रमशः खुलाउँदै लगिने बताएका थिए । तर, आयात खुलाउनेतर्फ कुनै सुरसार नभएपछि असोज २८ पछि पनि आयात प्रतिबन्ध लम्बिने हो की भन्नेमा व्यवसायीहरु सशंकित छन् ।

नाडाका अध्यक्ष थापा कुल आयातमा निजी प्रयोजनका कार, जीप र भ्यान जस्ता सवारीहरुले जम्मा १ प्रतिशत मात्रै हिस्सा ओगटेकाले विदेशी मुद्राको सञ्चिती बढाउने नाममा अटोमोबाइल्स क्षेत्रमाथि निरन्तर प्रहार हुनु दुःखद भएको बताउँछन् ।

कुल आयातमा कार, जीप र भ्यानको १ प्रतिशत (१७ अर्ब रुपैयाँ) मात्रै हिस्सा भएपनि राजस्वमा भने आयातमा बाहिरिएको भन्दा दोब्बर योगदान दिएको दाबी व्यवसायीहरुको छ । कुल राजस्वमा २५ प्रतिशत योगदान दिने अटोमोबाइल क्षेत्र सरकारको अदूरदर्शी निर्णयका कारण धरासायी हुने जोखिम बढेको अध्यक्ष थापा बताउँछन् ।

अध्यक्ष थापाले कार, जीप र भ्यान जस्ता सवारीसाधनहरुले आयातमा बाहिरिने भन्दा राजस्वमा दोब्बर बढी योगदान दिने भएकाले ब्यापार घाटामा यसको अंश सानो तर, राजस्वमा योगदान भने ठूलो रहेको बताएका छन् । उनले अब (असोज २८ पछि) पनि आयात प्रतिबन्धलाई निरन्तरता दिइनु गलत हुने र आफूहरु आयात प्रतिबन्ध फुकुवाको प्रतिक्षामा रहेको बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved