बिवाइडीको एटो–३ नेपाली बजारमा, कति छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2022 | 08:58:26 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनको विद्युतीय सवारी साधनको निर्माता कम्पनी ‘बिल्ड योर ड्रिम्स (बिवाइडी) को बहुप्रतीक्षित प्रिमियम एसयुभी ‘एटो–३’ शनिबार नेपालमा सार्वजनिक भएको छ । होटल ह्यात रिजेन्सीमा हास्य कलाकार हरिवंश आयार्चले एटो ३ लाई सार्वजनिक गरेका हुन् । 

विश्व बजारमा तहल्का पिटिरहेको एटो ३ लाई नेपाली बजारमा बिवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले भित्र्याएको हो । 

साइमेक्स इंककी प्रवन्ध निर्देशक यमुना श्रेष्ठले एटो ३ लाई २ महिना पहिल्यै भित्र्याउने लक्ष्य भएको भएपनि चीनले नेपालतर्फका नाका बन्द गरेका कारण गाडी आउन ढिला भएपछि सार्वजनिक गर्न पनि ढिला भएको बताइन् । श्रेष्ठले एटो ३ ले सबैको मन जित्न सफल हुने विश्वास व्यक्त गरेकी छिन् । 

एटो ३ का ब्राण्ड एम्बास्डर हरिवंश आचार्यले विद्युतीय गाडीको प्रयोग बढाएर इन्धन आयातवापत बाहिरिने नेपाली रुपैयाँ बचत गर्नुपर्ने बताए । 

नेपालमा एटो ३ को मूल्य ८९ लाख ९० हजार छ । यसमा ५० किलोवाट र ६०.५ किलोवाट क्षमताका ब्याट्री जडान गरिएको छ । 

एकपटकको फुलचार्जमा ४५० किलोमिटर कुद्न सक्ने दाबी गरिएको एटो ३ ले ७.३ सेकेन्डभित्र शून्यदेखि १ सय किलोमिटर प्रतिघन्टाको गति समाउन सक्ने कम्पनीको दाबी छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved