गर्भनरले अटो व्यवसायीलाई भने, ‘भाग्यमानि हुनुहुँदो रहेछ, गाडीको आयातमा प्रतिबन्ध भयो ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2022 | 12:40:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आयातमा गरिएको प्रतिबन्ध व्यवसायीको हितमा भएको बताएका छन्। उनले सरकारले सवारी साधनको आयातमा प्रतिबन्ध गरेको कारण अटो व्यावसायीहरु चर्काे ब्याजदरको मारबाट जोगिन सफल भएको बताएका हुन्। 

‘कहिलेकाँही नाडाको साथिले भन्नुहुन्छ, आयात प्रतिबन्ध भएर हामी बर्बाद भयौँ’ गर्भनर अधिकारीले भने, ‘तपाईहरु भाग्यमानि हुनुहुँदो रहेछ। भाग्यवस् आयात प्रतिबन्ध तपाईको हितमा छ। आयात नरोकिएको भए धेरै ऋण लिएर धेरै गाडी ल्याउनु हुन्थ्यो। बजार महंगीले एकातर्फ गाडी बिक्रि हुने थिएनन् व्यर्थमा होल्ड हुने थिए। अर्काेतर्फ बडेको ब्याजदरले ढाड सेकाउथ्यो। भाग्यमानि हुनुहुदो रहेछ।’ 

उनले अर्थतन्त्र सहज भएपछि आगामी दिनमा आयात खुल्ने बताए। ‘भोलिको दिनमा त आयात खुलिहाल्छ। राज्यले सधैभरी एउटा विजनेश रोकेर राख्दैन।’ उनले बजारमा सावरी साधनका साथै सबै कुराको माग घटेको बताए। अर्थतन्त्रमा सबैकुरा एक तवरले नजाने र तलमाथि हुँदा कहिलेकाही समस्यासँग पनि जुध्नुपर्ने बताए।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved