होण्डाको अधिकृत विक्रेता मेट्रो अटोले मनायो १० औँ वार्षिकउत्सव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2023 | 05:36:50 PM मा प्रकाशित

laxmi  sunrise bank

होण्डा कम्पनीका उत्पादन होण्डा मोटरसाइकल तथा स्कुटरहरु बिक्रिको लागि भक्तपुर गठाघरस्थित स्याकार कम्पनीको अधिकृत बिक्रेता मेट्रो अटो सेण्टरले स्थापनाको दशौं बार्षिकोत्सव मनाएको छ। मेट्रो अटोले भक्तपुर स्थिति  गोठाघरमा विभिन्न कार्यक्रमहरु सहित वार्षिकउत्सव मनाएको हो। उक्त कार्यक्रमको समुद्वघाटन कार्यक्रमका प्रमुख अतिथी  पूर्व उद्योग मन्त्री महेश बस्नेत र होण्डा स्याकार कम्पनीका अध्यक्ष शौरभ ज्योतिले संयुक्त रुपमा गरेका हुन्।

कार्यक्रमको सभापतित्व मेट्रो अटोका अध्यक्ष शारदा न्यौपानेले गरेका थिए। मेट्रो अटो सेण्टरका प्रबन्ध संचालक मिलन सिग्देलले मेट्रो अटोले दशौ बार्षिकोत्सव मनाउन लागेकोमा हर्ष बिभोर भएको जनाउदै प्रमुख अतिथी लगायत सबैलाई स्वागत गरे। कार्यक्रममा बोल्दै पूर्व मन्त्री बस्नेतले मुलुकको अर्थतन्त्र चलायमान बनाउन अटो व्यवसायले महत्त्वपूर्ण योगदान गरेको सन्दर्भ उठाउदै पछिल्लो समयमा सरकारको नीतिको कारणले असहज भए पनि नयाँ सरकार बनेपछि अर्थमन्त्री  केही खुकुलो नीति अप्नाएकोले छिटै अटो ब्यवसाय पुरानो लयमा फर्किने र राजस्वमा पहिले जस्तै महत्वपूर्ण योगदान पुर्याउने आशा गरिएको बताए।

यसै सन्दर्भमा स्याकार कम्पनीका अध्यक्ष ज्योतिले अटोमोबाइल व्यवसायले रोजगारी तथा राजस्वमा पुर्याएको योगदानको बारेमा चर्चा गर्दै भक्तपुर जिल्लामा मेट्रो अटो सेण्टरले ग्राहक बर्गलाई पुर्याएको उत्कृष्ट सर्भिस, स्पेयर पार्ट्स र सेल्सको योगदानको गरे। भक्तपुरमा होन्डाको बजार शेयर झन्डै ३९ प्रतिशत पुर्याएको भन्दै धन्यवाद दिए। होण्डा मेट्रोको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव कल्याण समाजका संस्थापक अध्यक्ष सुमित्रा चौलागाईं मार्फत मेट्रो अटोबाट रु. २५ हजार र स्याकार ट्रेडिङ्ग कम्पनीको तर्फबाट रु. ५० हजारको चेक हस्तान्तरण गरिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved