गाडी र बाइक विलासिताको साधन होइनः अर्थमन्त्री पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2023 | 08:49:26 AM मा प्रकाशित

laxmi  sunrise bank

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटो मोबाइल्स विलासिताको वस्तु नभएको बताएका छन् । नाडा अटो मोबाइल्स एशोसिएसन नेपालको ४६ औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले अटो मोबाइल्स विलासिताको वस्तु नभइ आवश्यकताको वस्तु भएको बताएका हुन् ।

सडक पूर्वाधारमा सरकारले अर्बौं लगानी गरेकाले त्यसमा गुड्ने साधनलाई विलासिताको साधन भन्न नहुने उनको भनाई छ  

अटोमोबाइल्सलाई विलासिताको वस्तुको रुपमा परिभाषा नगर्न नाडाले माग गर्दै आएको विषयमा आफू जानकार रहेको स्मरण गर्दै अर्थमन्त्री पौडेलले व्यवसायीहरुको उक्त मागमा सरकार गम्भिर रहेको र आवश्यकता अनुसार परिभाषा परिवर्तन हुने आश्वासन पनि दिए । 

कुनै समय मोबाइल फोनको प्रयोगलाई पनि विलासिताको वस्तु मानिने गरेको स्मरण गर्दै अहिले मोबाइल फोन अपरिहार्य वस्तुभित्र परिरहेकाले अटोमोबाइल्स पनि अपरिहार्य वस्तुको रुपमा समय अनुसार परिवर्तन हुने उनको भनाई छ । 

‘नाडा अटोमोबाइल्स एशोसिएशनले माग गर्दै आएको यातायात विलासिताको साधन होइन । आवश्यकताको वस्तुको रुपमा वर्गिकरण गर्नुपर्छ भन्ने चाहना छ’ उनले भने, ‘अटोमोबाइल्समा विलासिताका सवारी साधन पनि होलान् । तर अटोमोबाइल्स विलासिताको वस्तु होइन । राज्यले पूर्वाधार निर्माणमा ठूलो लगानी लगाउँछ । त्यसमा पनि सडक पूर्वाधारमा लगाउने गर्छ । त्यो सडक पूर्वाधारमा गुड्ने सवारी साधन सबैलाई विलासिताको वस्तु हो भनेर ट्याग लगाएर बस्न सक्दैनौंं ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved