काठमाडौँका सडकमा सवारीको गति तोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2023 | 05:38:51 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यका भित्रका सडकमा सवारीको गति तोकिएको छ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा सडकको अवस्था अनुसार सवारीको गति तोकेको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेख रहेको गति नियन्त्रण सम्बन्धी व्यवस्था अनुसार सवारीको गति तोकिएको जनाइएको छ ।

ट्राफिक प्रहरीका अनुसार कलंकी–कोटेश्‍वर सडकखण्डको फास्ट ट्रयाकमा प्रतिघण्टा ५० किलोमिटर र सर्भिस ट्रयाकमा प्रतिघण्टा २० किलोमिटरको गतिमा सवारी चलाउनुपर्ने गरी गति तोकिएको छ ।

कोटेश्‍वर–भक्तपुर सडकखण्डमा पनि प्रतिघण्टा ५० किलोमिटरको गति तोकिएको छ । 

तोकिए भन्दा बढी गतिमा सवारी चलाए कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved