बिवाईडिको विद्युतीय गाडी किन्न कुमारी बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2023 | 09:56:38 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक लिमिटेड र साइमेक्स् इन्क प्रालिबीच ग्राहकहरूलाई बिवाईडि ब्रान्डको विद्युतीय सवारी साधन खरिदका लागी कर्जा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार कुमारी बैंकले  आफ्ना देशभरका शाखाहरुबाट सहज रुपमा बिवाईडि ब्रान्डका सवारी साधन खरिदका लागी सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ ।

यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले अब नेपालका कुनै पनि बिवाईडि डिलरबाट सवारी साधन खरिद गर्दा कुमारी बैंकबाट सजिलै ८०% सम्म कर्जा प्राप्त गर्न सक्नेछन् साथै सो कर्जा ८ वर्ष अवधीसम्म लिन मिल्ने  प्रावधान गरिएको बैंकले जनाएको छ ।

बैंकले ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट  बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved