हुण्डाईको ग्राण्ड आईटेन नियोस गाडी नेपालमा सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2023 | 02:11:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले ह्याचब्याक सेग्मेन्टमा आफ्नो लोकप्रिय मोडल ग्राण्ड आईटेन नियोसको फेसलिफ्ट भर्सन भित्राएको छ । हुण्डाई ग्राण्ड आईटेन नियोसको पूर्व मोडल पनि नेपालमा धेरै बिक्ने कार बनेको थियो ।

 पूर्व मोडलको तुलनामा यस गाडीमा आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू र सुरक्षा जस्ता विभिन्न विशेषताहरुका कारण नयाँ आयाम स्थापित गर्ने विश्वास कम्पनीले लिएको जनाएको छ । कम्पनीका अनुसार नयाँ मोडल समयसापेक्ष प्रस्तुती र अत्याधुनिक विशेषताहरू सहित तयार गरिएका छ ।

कम्पनीले भनेको छ 'गाडीको पछिल्लो भागमा यो सेगमेन्टमै पहिलो पटक राखिएको विस्तारित LED Tail Lights जडित Lightbar ले नयाँ Grand i10 Nios लाई विशिष्ट स्वरूप दिएको छ । त्यस्तै Grand i10 Nios को अघिल्लो भागमा रहेको Painted Black Radiator Grille र LED Daytime Running Lamps (DRLs) ले गाडीलाई अझ बढी स्टाइलिस र स्पोर्टियर बनाएको छ । साथै यसको १५ इन्च Dual Tone Styled Steel Wheel, Projector Head Lamps, Shark Fin Antenna र Roof Rail ले Grand i10 Nios लाई अझ बढी आकर्षक बनाएको छ ।'

सुरक्षाको हिसाबले नयाँ गाडी पहिले भन्दा पनि बढी परिष्कृत र नविनतम भएको कम्पनीले उल्लेख गरेको छ । पहिले भन्दा अझ बलियो र सुरक्षित Advanced High-Strength Steel (AHHS) द्वारा तयार गरिएको यस गाडीमा चालक तथा यात्रुको सुरक्षाको लागि ४ ओटा Airbags, Tyre Pressure Monitoring System, Automatic Headlamps, Electronic Stability Control (ESC), Vehicle Stability Management (VSM), Hill Start Assist Control (HAC), Rear Parking Camera with Display on Audio लगायतका विशिष्ट फिचरहरु समावेश गरिएको कम्पनीले उल्लेख गरेको छ । साथै यो फेसलिफ्ट मोडलमा Speed alert system, burglar alarm, rear defogger, impact sensing auto door unlock, speed sensing auto door lock, headlamp escort system Emergency stop signal लगायतका प्रविधि सम्पन्न सुरक्षा विशेषता रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो गाडी १.२ पेट्रोल इन्जिन पावरमा उपलब्ध छ भने १६५ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स  रहेको छ। MT option मा Era, Magna र Sportz भेरीयन्ट र AMT option मा Magna र Sportz भेरीयन्ट उपलब्ध रहने यो गाडीको प्रारम्भिक मूल्य रु. २९.९६ लाख कायम गरिएको कम्पनीले जनाएको छ ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved