ग्राण्ड भिटारा र ब्रेजाका नयाँ भेरियन्ट सार्वजनिक, तत्काल किन्दा ३ लाख छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2023 | 03:38:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सुजुकी गाडीको आधिकारीक विक्रेता सिजी मोटोकर्पले ब्रेजाको नयाँ जेनेरेशन र न्यू ब्राण्ड मोडल ग्राण्ड भिटारा नेपालमा सार्वजजिक गरी विक्री सुरु गरेको छ । कम्पनीले ब्रेजाको ६ भेरियन्ट र ग्राण्ड भिटाराको ९ भेरियन्ट एकैसाथ उपलब्ध गराएको हो । 

कम्पनीले एलएक्सआई भेरियन्टको नयाँ ब्रेजाको मूल्य ४४ लाख ९९ हजार रुपैयाँ तोकेको छ । तत्काल किन्ने ग्राहकले ३ लाख नगद छुट पाउने छन् । 

टप भेरियन्टको मूल्य ५६ लाख २९ हजार तोकेको छ । यसमा पनि तत्काल खरिदमा ३ लाख रुपैयाँ नगद छुट पाइनेछ । 

ग्राण्ड भिटाराको जेटा भेरियन्टको मूल्य ६३ लाख ९९ हजार तोकिएको छ । यसमा पनि कम्पनीले ३ लाख नगद छुट दिएको छ । 

ग्राण्ड भिटारा स्ट्रङ हाइब्रिड र माइल्ड हाइब्रिड गरी २ फरक फरक इन्जिन अप्सनमा उपलब्ध छन् । 

ग्राण्ड भिटारा र ब्रेजाबम सबै भेरियन्टको मूल्यसूचीः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved