इलेक्ट्रिक स्कुटरबाट ‘राइड सेयरिङ’ सेवा दिँदै सुन्दर यातायात, राइडरलाई निःशुल्क स्कुटर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2023 | 04:40:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सुन्दर यातायातले विद्युतीय स्कुटरमार्फत राइड सेयरिङ सेवा दिने भएको छ । कम्पनी आफैँले पेट्रोलियम स्कुटरबाट विद्युतीय स्कुटरमा रुपान्तरण गरेका सवारीमार्फत राइड सेयरिङ सेवा दिने भएको हो । 

कम्पनीका अध्यक्ष भेषबहादुर थापाका अनुसार बैशाख १ देखि ३ चरणमा १ सय वटा स्कुटरमार्फत राइड सेयरिङ सेवा सुरु गरिनेछ । 

५० वटा स्कुटर कम्पनीले नै रुपान्तरण गरेका स्कुटर हुनेछन् भने बाँकी ५० वटा नेचुरल इलेक्ट्रिक स्कुटर हुनेछन् । पहिलो चरणमा ३०, दोस्रो चरणमा ३० र तेस्रो चरणमा ४० वटा विद्युतीय स्कुटर प्रयोग हुनेछन् । 

हाल १० वटा स्कुटरबाट यसको परीक्षण भइरहेको अध्यक्ष थापाले बताएका छन् । अहिले अन्य राइड सेयरिङको तुलनामा ५० प्रतिशत सस्तो दरमा सेवा उपलब्ध गराएर परीक्षण जारी राखिएको छ । राइडरहरुलाई निःशुल्क स्कुटर उपलब्ध गराइएकोले परीक्षण सफल हुने चरणमा रहेको कम्पनीले जनाएको छ ।

राइडरहरुका लागि आवेदन पनि खुला गराइएको छ । हालसम्म करिब २ हजार राइडरले आवेदन दिएकाम छन् । दुई पांग्रे सवारी साधनको चालक अनुमतिपत्र भएका जोसुकै नेपालीहरुले आवेदन दिन सक्ने छन् । 

स्कुटरको चार्जिङ खर्च र मर्मतसम्भार खर्च पनि कम्पनी आफैँले नै बेहोर्नेछ । यसपछि खर्च कटाएर कम्पनीले चालकहरुलाई दैनिक पारिश्रमिक दिनेछ ।

राइडरले प्रयोग गर्ने हेल्मेटको अगाडि र पछाडि क्यामेरा जडान गरिनेछ । उक्त क्यामेरामा रेकर्ड भएका फुटेज ७२ घण्टासम्म सुरक्षित रहने छन् । यसले सम्भावित घटना हुन नदिने दाबी कम्पनीको छ । 

राइडर र सेवाग्राही दुवैको दुर्घटना बीमा पनि कम्पनी आफैँले गर्नेछ । 

अहिले काठमाडौँबाट सुरु हुन लागेको सुन्दर यातायातको यो सेवा निकट भविष्यमा पोखरा र बुटवलमा पनि लैजाने लक्ष्य छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved