हुन्डाईको नयाँ वर्ष अफर: ५ लाखसम्म नगद छुट, ८० हजार एक्सचेन्ज बोनस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2023 | 08:43:42 PM मा प्रकाशित

laxmi  sunrise bank

हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आउँदै गरेको नयाँ वर्षलाई मध्यनजर गर्दै “हुन्डाईसँग नयाँ वर्ष २०८०” योजना ल्याएको छ । यो ग्राहकमुखि योजना यही चैत्र १३, २०७९ देखि सुरु भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत, ग्राहकहरुले रु. ५,००,००० सम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा रु. २,००,००० सम्मको छुट , नयाँ वर्ष बोनस रु. ८०,००० सम्म र एक्सचेन्ज बोनस रु. ८०,००० सम्म जस्ता अकर्शक अफरहरू प्राप्त गर्न सक्नेछन । यो योजनामा ग्राहकहरुलेगाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउने कम्पनीले जनाएको छ। सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ।

 लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved