‘प्याडिलक्स गल्स अन ब्हील्स’ प्रतियोगिता सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2023 | 10:15:05 AM मा प्रकाशित

laxmi  sunrise bank

‘प्याडिलक्स गल्स अन ब्हील्स’ प्रतियोगिता सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसलाई केन्द्रमा राखी  ग्यालेक्सी पव्लिक स्कुल ज्ञानेश्वरमा प्रतियोगिता सम्पन्न भएको हो । 

राउण्ड टेबल नेपाल अन्तर्गतका सदस्यहरु काठमाडौं एस राउण्ड टेबल नेपाल २१, काठमाडौं रोयल्स राउण्ड टेबल २३ र काठमाडौं रोयल्स लेडिज सर्कल ७ को आयोजनामा सम्पन्न भएको प्रतियोगितामा जना कोइराला र प्रज्ञा सापकोटाको जोडी प्रथम भएका छन् । प्रथम भएका दुवै जनाले सगुन ज्वेलर्सका तर्फबाट पचास हजार वरावरको ज्वेलरी प्राप्त गरेको छन् । यसै गरी मुस्कान अग्रवाल र तानिषा अग्रवालको जोडी दोश्रो भएका छन्। उनीहरुले रिभरसाइड स्प्रिङ्ग रिसोर्टको तर्फबाट ३ दिन २ रातको स्टे प्याकेज प्राप्त गरेका छन् । त्यसै गरी  दीपा थापा र काजल श्रेष्ठको जोडीले भने तेश्रो स्थानमा चित्त बुझाएका छन्। उनीहरुको जोडीले जेम फ्लोरिङ्गका तर्फबाट टर्किस रग प्राप्त गरेका छन् । विजेताहरुलाई काठमाडौं एस राउण्ड टेबल नेपाल २१ का अध्यक्ष निश्चल रुगँटा, काठमाडौं रोयल्स राउण्ड टेबल २३ का अध्यक्ष हिमाशुं गोल्छा र काठमाडौं रोयल्स लेडिज सर्कल ७ का अध्यक्ष शिवानी अग्रवालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा ७० वटा स्कूटीमा १४० जना सहभागी रहेको थिए । स्कूटी चलाउने महिलाले स्कूटीमा चढेर विभिन्न खेलमा सहभागी भई अंक आर्जित गर्ने गरेको आधारमा विजेता घोषणा गरिएको संयोजक सिद्धार्थ जाजोदियाले जानकारी गराए ।

एक स्कूटीमा २ महिला सवार भएका थिए ।  संयोजक सिद्धार्थ जाजोदियाका अनुसार काठमाडौंका छुट्टा–छुट्टै स्थानमा राखिएको रमाइलो खेलहरु खेलेर बढी अंक प्राप्त गर्नेलाई विजेता घोषण गरिएको हो । महिला अत्मबल बढाउनका लागि सवारी साधन प्रयोग गरेर खेलहरु खेलाइएको उनले बताए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved