बीवाइडीले गर्यो विद्युतीय गाडीको ब्याट्री ब्यवस्थापन गर्ने प्रतिवद्दता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2023 | 08:04:24 PM मा प्रकाशित

laxmi  sunrise bank

बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंकले विद्युतीय सवारीसाधनमा प्रयोग हुने ब्याट्री व्यवस्थापनको विषयमा बजेट मार्फत आएको व्यवस्था सकारात्मक रहेको जनाएको छ । विद्युतीय साधनको सबैभन्दा चुनौति पूर्ण मानिएको ब्याट्री ब्यवस्थापन गर्न आफु पनि निरन्तर लागि रहेका कम्पनीले जनाएको छ।

कम्पनीले हरेक गाडीबाट निस्कने लिथियम आयोन ब्याट्रीको उचित व्यवस्थापन गर्न सक्षम रहेको र त्यसको लागि प्रतिवद्धता समेत ब्यक्त गरेको छ। कम्पनीले भनेको छ 'सवारीसाधनबाट निस्कने पुराना ब्याट्रीको उचित ब्यवस्थापनको कयौं तरिका छन् । पावर ब्याकअप गर्नेदेखि पूर्णरुपमा ड्रेन भएको ब्याट्री रि-साइकलको लागि बाहिर पठाउने विषयमा हामीले सम्पूर्ण तयारी गरेर बसेका छौं ।'

साइमेक्स इंकले विगतदेखि नै ब्याट्री मेनेजमेन्ट सिस्टमलाई दुरुस्त बनाउने काम गर्दै आएको पनि उल्लेख गरेको छ । यसले भविष्यमा हुनसक्ने ब्याट्रीको डम्पिङ साइटबाट नेपाललाई बचाउने विश्वास कम्पनीले व्यक्त गरेको छ । बीवाइडीका सम्पूर्ण ग्राहकलाई ढुक्क भएर बीवाइडीको उत्पादनको प्रयोग गर्न आग्रह गरेको छ । 

कम्पनीले भनेको छ 'नविन टेक्नोलोजी भएका साधन ल्याएर बिक्री गर्ने हामीले समाज र राष्ट्र प्रति सधैँ उत्तरदायी भएर काम गर्दै आएका छौं । भोलिका दिनमा पनि त्यही रफ्तारमा काम गर्न हामी प्रतिबद्ध छौं । ' 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved