मौद्रिक नीतिको तेस्रो त्रैमासकि समिक्षाको बारेमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले मिश्रित धारणा व्यक्त गरेको छ । तेस्रो त्रैमासिक समीक्षाका विषयमा नाडाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा मिश्रित प्रतिक्रिया उल्लेख छ ।
हायर पर्चेज कर्जाको जोखिम भार घटाएको, १ वर्ष अवधि व्यतीत भईसकेका लगानी मध्येबाट एक | आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था, कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिएको विषयमा नाडाले ज्यादै सकारात्म भएको जनाएको छ ।
त्यसैगरी, पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैकहरुबाट Hire Purchase Loan प्रवाह गर्ने प्रकियामा Loan to Value Ratio मा हाल ५० प्रतिशतको सिमा तोकिएको छ । यस व्यवस्थाले गर्दा अटोमोवाइल व्यवसाय गम्भिर रुपले प्रभावित बनेको नाडाले उल्लेख गरेको छ । Loan to Value बढाएर ७५% पुऱ्याउनु नाडाको धारण छ ।
राष्ट्र बैंकले पेट्रोल र डिजेलबाट चल्ने नीजि प्रयोजन र व्यावसायीक महत्वका सवारी साधनहरुलाई स्पष्ट रुपमा छट्याई सोहि अनुरुप बैंक लगानी गर्न सहजीकरण गरि दिनु पर्ने, घरपरिवारको आम्दानी सामान्यतया घरका धेरै सदस्यहरूले प्रयोग गर्ने अर्थात दम्पतीले सवारी साधनको रूपमा अटोलोन उधारकर्तीको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने, सवारी साधनको लागि आफै प्रतीतपत्र खोल्दा १०% धरौटी रकम लिएर मात्र प्रतीतपत्र जारी गर्ने व्यवस्थाको जिम्मेवारी सम्बन्धित बैंकहरुलाई नै प्रदान गरिनु पर्ने भनि दिएका सुझावहरुका विषयहरुमा भने उक्त समीक्षामा कुनै सम्बोधन नभएको नाडाले जनाएको छ ।