एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी, ७ वर्ष पुरानो बीवाईडी ई६ पनि सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2024 | 04:39:46 PM मा प्रकाशित

laxmi  sunrise bank

साइमेक्स इंकले एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी गरेको छ । शनिबार काठमाडौंको गुहेश्वरीमा अवस्थित र हालै पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरमा डेलिभरी गरिएको कम्पनीले बताएको छ ।

सो अवसरमा रोड साइड असिस्टेन्स (आरएसए) भेइकलको रुपमा बीवाईडी ई६ समेत सार्वजनिक गरेको थियो । ‘सर्भिस सेन्टरबाट ५० बीवाईडी गाडी डेलिभरी गरेर र सात वर्ष पुरानो बीवाईडी गाडीलाई डेडिकेटेड आरएसए भेइकलको रुपमा परिचित गराएर कम्पनीले यो क्षेत्रमा नयाँ आयाम थपेको  बताएको छ।

कम्पनीका सर्भिस हेड सुशिल तण्डुकारले भने, ‘अत्याधुनिक ईभी प्रविधि र दिगो मोबिलिटी सोलुसनको पहुँच ग्राहकमाझ पुर्‍याउने प्रतिबद्धतालाई यसले दर्शाउछ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved