एमडब्लू हायर पर्चेजले ल्यायो ग्राहकका लागि ट्रेण्डसेटिंग ‘मोबाइल एप’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2024 | 07:16:07 PM मा प्रकाशित

एमडब्लू हायर पर्चेज प्रालि(एमएचपीएल) ले आफ्ना ग्राहकका लागि ट्रेण्डसेटिंग ‘मोबाइल एप’ ल्याएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा एमएडब्लू ग्रूप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु अग्रवाल र एमएचपीएलका महप्रबन्धक प्राणनाथ भट्टराईले’एमएचपीएल एप को शुरुवात गरेका हुन् ।

कम्पनीले आजको डिजिटल युगमा हरेक उद्योगका लागि अपरिहार्य आवश्यकता बन्दै गएको इनोभेसन र प्राविधिक विकास लगभग सबै क्षेत्रहरूमा द्रुत रूपमा अगाडि बढिरहेको भन्दै मोबाइल एप ल्याएको हो । 

एमएचपीएलमा हामी हाम्रा ग्राहकहरुका लागि निरन्तर रुपमा सुविधाहरु बढाउन प्रयास गर्दै आइरहेको एमएचपीएलका महानिर्देशक प्राणनाथ भट्टराईले बताए ।

उनले भने, ‘आजको ’एमएचपीएल एप’ अनावरण हामीलाई हाम्रा ग्राहकसँग अझै बढी डिजिटल र प्रभावकारी ढंगले जोडिनका लागि एउटा कोसेढुंगा सावित भएको छ । एमएचपीएल एप मार्फत् अब ग्राहकहरुले आफ्ना कारोबारको रियल टाइम इनसाइटहरु प्राप्त गर्न सक्नेछन् ।’

एमएचपीएल एमएडब्लू ग्रूपद्वारा प्रवर्द्धित  र नेपाल राष्ट्र बैंकद्वारा इजाजत प्राप्त हायर पर्चेज क्षेत्रको परिचित नाम हो । कम्पनीले देशभरका ३० हजारभन्दा बढी ग्राहकहरुलाई आफ्नो सेवा प्रदान गरिसकेको छ । कम्पनीले हालसम्म आफ्नो व्यापक संजाल मार्फत् नेपालभर कुल १० अर्ब १९ करोड रुपैयाँको कर्जा प्रवाह गरिसकेको छ ।

एमएचपीएलले दुई पाङ्ग्रे सवारीसाधन, ईभी र फोसिल फ्युल लाग्ने दुवैखाले अटोमोबाइलहरू, सेकेण्ड ह्याण्ड कारहरू, व्यापारिक सवारीसाधनहरू इभी र फोसिल फ्युल इन्धने भारी र कृषि उपकरणहरुलाई ऋण उपलब्ध गराउँछ ।

कम्पनीले देशको अर्थतन्त्रलाई अगाडि बढाउन मद्दत गर्ने हेतुले स्वरोजगार सिर्जना गर्न विभिन्न उद्यमहरूलाई ऋण उपलब्ध गराउने कार्यलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको बताएको  छ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved