उलिङको बिङ्गो इभी सार्वजनिक, फुल चार्जमा ३५० किलोमिटर रेन्ज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2024 | 12:47:56 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युतीय सवारी साधन ब्राण्ड उलिङले बिङ्गो नामक नयाँ गाडी सार्वजनिक गरेको छ ।

उलिङका लागि नेपालको आधिकारिक वितरक पारामाउण्ट मोटर्सले बिहीबार बिङ्गो सार्वजनिक गरेको हो । कम्पनीले यसको मूल्य करिब ३२ लाख रुपैयाँ निर्धारण गरेको छ । 

बिङ्गोमा ३२ किलोवाट आवरको ब्याट्री र ४९ किलोवाट मोटर क्षमता छ । जसले फुल चार्जमा ३५० किलोमिटर रेन्ज दिने कम्पनीले बताएको छ । बिङ्गोको लम्बाई ३हजार ९५० मिलिमिटर, उचाई १ हजार ५८० मिलिमिटर र चौडाई १ हजार ७०८ मिलिमिटर छ । त्यस्तै, यसको ग्राउण्ड क्लेयरेन्स १६५ मिलिमिटर छ । 

यसमा निकै आकर्षक ड्यासबोर्ड छ भने २ वटा १० इन्चको स्क्रिन राखिएको छ । किलेस इन्ट्री, रिमोर्ट स्टार्ट, लेदर सिट, अटोमेटीक पार्किङ, ट्रायाक्सन कन्ट्रोल, स्टेविलिटी कन्ट्रोल, मल्टिफङ्शनल स्टेरिङ ह्वील लगायतका फिचर्स छन् । कम्पनीले केहि दिनमा  १०० ओटा यस्तो गाडी भिर्‍याउने योजना रहको बताएको छ ।

यो इभी गाडी सबै उपभोक्तालाई लक्षित गरेर ल्याइएको हो । खास गरि महिलाहरुले यो गाडी बढि रुचाउने गरेको कम्पनीको भनाइ छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved