जीम्नी रारा एडभेन्चर,“अ राईड विथ अ कज” सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2024 | 01:32:56 PM मा प्रकाशित

सिजी होल्डिङस अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटरकोर्प तथा सीजी एनएक्सटीजीइनले जीम्नी रारा एडभेन्चर, “अ राईड विथ अ कज“ सम्पन्न गरेको छ।

जीम्नी मालिकहरूले जीम्नीको वास्तविक क्षमता पत्ता लगाउ सकुन भन्ने उद्देश्यका साथ सो राईड सम्पन्न भएको कम्पनीले बताएको. छ। गत बैशाख २३ देखि २९ सम्म अयाोजना भएको सो राईड बुटवल, सुर्खेत, कालिकोट, रारा, जुम्ला हुँदै सुर्खेतमा समापन भएको थियो ।

बुटवलबाट शुरु भएको रारा एडभेन्चर राईडमा मारुती सुजुकी इन्डिया लिमिटेडका डिभिजनल म्यानेजर अनिल सैनीले जीम्नीको ५ दशकभन्दा लामो बिरासत र यसको अफ रोडिंग क्षमताको बारेमा प्रकाश पारेका थिए । उनले ९० भन्दा धेरै देशहरुमा लन्च भएको जीम्नी ३० हजारभन्दा धेरै युनिट बिक्रि भइसकेको पनि बताए ।

सो राईडमा १० वोटा जीम्नी गाडीको सहभागीता थियो। सो अवसरमा कालिकोट सरस्वती आधारभूत विद्यालयलाई २ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो ।

१३५ भन्दा बढी विधार्थी अध्यनरत सो विद्यालयलाई कालिकोटमा एउटा सहयोग कार्यक्रम आयोजना गरी मुलपानी –८, कालिकोटका वडा अध्यक्ष लाल बहादुर बिस्टको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको थियो।

राईडमा सहभागि एक जीम्नी ग्राहक शिव श्रेष्ठ तथा अर्को जीम्नी ग्राहक आदित्य थापाले सो अवसरमा आ आफ्ना सुनाएका थिए । कार्यक्रममा सिजी मोटरकोर्प तथा सीजी एनएक्सटीजीइनका महाप्रबन्धक सिरज पन्तले अफ रोडिंग जीम्नीको मूख्य विशेषता रहेको बताए ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved