नयाँ बानेश्वरमा 'सान्भी अटो लिङ्क'को नयाँ शोरुम उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2024 | 07:43:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सान्भी अटो लिङ्कले नयाँ बानेश्वमा नयाँ टिभिएस शोरुम उद्घाटन गरेको छ । जेठ १० गते भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा हास्य कलाकार सन्दिप क्षेत्री र भक्तपुर २ का सांसद दुर्लभ थापाले शोरूमको उद्घाटन गरेका थिए ।

व्यक्तिगत यातायातका साधनहरूलाई थप प्रवर्द्धन गर्दै टिभिएसका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता सान्भी अटो लिङ्कका संचालक श्रीकृष्ण थापाले जनाएका थिए । उपभोक्ताहरुको मोटरसाइकल तथा स्कुटरको आवश्यकता पूरा गर्ने लक्ष्यको साथ संचालन भएको सान्भी अटो लिङ्कको नयाँ शोरुमले टिभिएस बाईक तथा स्कुटरको विस्तृत दायराका साथै स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भार लगायतका सेवाहरू प्रदान गर्ने लक्ष्य राखिएको छ ।

जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved