नेपालमा बनेको हुण्डाई भेन्युको बिक्री शुरु,कोरिया तथा भारतको भन्दा मूल्य कम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2024 | 07:46:23 PM मा प्रकाशित

लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसन (LMC) बाट नेपालमा नै हुण्डाई भेन्युको व्यवसायिक उत्पादन गरी बिक्री वितरण शुरु गरेको छ ।
लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा Hyundai Motor Company सँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुण्डाई भेन्यु मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्सलगायतका गुणहरु Hyundai Motor Company, Korea वा India मा बन्ने सोही मोडलका गाडिहरु सरह कै हुने कम्पनीले दाबी गरेको छ ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गार्हस्थ्य उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ ।

कम्पनीले दुईवटा मोडलको मूल्य सार्वजनिक गर्ने क्रममा कोरिया वा भारतमा बनेका आयातित गाडीको मूल्यभन्दा स्वदेशमै एसेम्बल भएको गाडीको मूल्य केहि कम छ ।  

जसअनुसार हुण्डाई भेन्यू एफएल १.२ एस मोडलमा ११९७ सीसी इञ्जिन क्षमता भएको पेट्रोल गाडीको मूल्य ४४ लाख ९६ हजार रुपैयाँ र भेन्यू एफएल १.२ एसएक्समा ११९७ सीसी इञ्जिन क्षमता भएको पेट्रोल गाडीको मूल्य ५३ लाख ५६ हजार रुपैयाँ तोकिएको कम्पनीले बताएको छ ।  

यसअघि कम्पनीले आयात गरेको भेन्यू एस भेरियन्टको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ र भेन्यु एसएक्सको मूल्य ५७ लाख ९६ हजार रुपैयाँ थियो ।

प्रथम चरणमा हुण्डाई भेन्युका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केहि समय भित्र नै थप अरु भेरियन्टहरुको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना रहेको र यसै आर्थिक वर्षभित्र Hyundai Grand i10 NIOS का साथै all new Hyundai Creta को उत्पादन पनि शुरु हुने छ ।

हाल बिक्री वितरण शुरु भएको हुण्डाई भेन्युको मूल्य निम्न अनुसार रहने छ :


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved