३.२९ करोड खर्चेर ६ वटा कार किन्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2024 | 12:25:00 PM मा प्रकाशित

nepal oil ltd

नेपाल राष्ट्र बैंकले ६ वटा कार खरिद गर्ने भएको छ । जसका लागि राष्ट्र बैंकले ठेकदार पनि छनौट गरेको जानकारी दिएको छ । 

राष्ट्र बैंकले नक्सालमा रहेको लक्ष्मी इन्टरकन्टिनेन्टललाई गाडी खरिदका लागि ठेकदारको रुपमा छनौट गरेको जनाएको छ । उक्त गाडी खरिदका लागि ३ करोड २९ लाख ७० हजार रुपैयाँ खर्चने जनाईएको छ । सो रकम भ्याटसहितको हो । 

कार खरिदका लागि राष्ट्र बैंकले वैशाख २४ गते बोलपत्र आवह्वानसहितको सूचना सार्वजनिक भएको थियो । उक्त सूचना अनुसार आवदेन दिनेमध्ये लक्ष्मी इन्टरकन्टिनेन्टलले दिएको प्रस्ताव न्यूनतम मूल्यङ्कित सारभुत रुपमा प्रभावग्राही देखिएकाले सोहि कम्पनीलाई छनौट गरेको राष्ट्र बैंकले उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved