नक्सालमा सञ्चालनमा आयो गोगोरो र नेबुला इनर्जीको शोरुम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2024 | 05:49:29 PM मा प्रकाशित

गोगोरो इंक र नेबुला इनर्जीले मंगलबारदेखि काठमाडौंको नक्सालस्थित नारायणचौरमा शोरुम सञ्चालनमा ल्याएका छन् ।

यसबारे नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले सस्टेनेबल मोबिलिटी र प्रविधिको नयाँ युगमार्फत् गोगोरोले नेपालको जिरो इमिसन लक्ष्यमा योगदान पुर्‍याउने आफ्नो प्रतिबद्धता व्यक्त गरे। उनले सस्टेनेबल मोबिलिटीका लागि यो एक्सपिरियन्स सेन्टर गोगोरो र नेबुलाको दीर्घकालीन भिजनको शुरुवात मात्र रहेको पनि बताए ।

त्यसैगरी, प्रबन्ध निर्देशक सहायु गोयलले दुई पाङ्ग्रे सेग्मेन्टमा ईभीको प्रयोग व्यापक स्तरमा हुनका लागि प्रविधिमा सक्षम हुनुपर्ने आवश्यकता रहेको बताए । ब्याट्री स्वापिङ टेक्नोलोजीद्वारा सञ्चालित गोगोरोका स्कूटर रेन्जले विद्युतीय दुई पाङ्ग्रे सवारी खरिद गर्ने उपभोक्ताहरूले सामना गर्ने यस्ता प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्न मौलिक समाधान प्रदान गर्ने कम्पनीको भनाइ छ। 

कम्पनीका महाप्रबन्धक चिरन्जिवी शाहका अनुसार यो एक्सपिरियन्स सेन्टरले स्मार्ट स्कुटर र स्वाप् स्टेशनहरू मार्फत् ग्राहकहरूलाई गोगोरोको प्रविधि अनुभव गर्ने पहिलो लाइभ टचपोइन्टको रूपमा समेत काम गर्ने छ ।

उनका अनुसार ग्राहकहरूले अब आफ्नो मन पर्ने गोगोरो मोडेलहरू टेस्ट राइड गर्न सक्ने र विभिन्न ब्याट्री स्वापिङ प्लानका बारेमा जानकारी लिएर बुकिङ समेत गर्न सक्ने छन्।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved