चिनियाँ विद्युतीय सवारी साधनमा इयूको कर नीति गलत छः ब्लुमबर्ग

रासस

रासस

Oct 12, 2024 | 04:56:33 PM मा प्रकाशित

nepal oil ltd

चिनियाँ विद्युतीय सवारी साधन (इभी) मा ४५ प्रतिशतसम्म खतिरिक्त कर लगाउने इयूको निर्णय ‘पारस्परिक लाभको वार्ताको मार्ग प्रशस्त गर्ने कदम नभई व्यापार युद्ध सुरु गर्ने कडी हो र यसले दुवै पक्षलाई अनावश्यक पार्ने शुक्रबार ब्लुमबर्गमा प्रकाशित एक लेखमा भनिएको छ।

“ईयूको इभी नीतिले यसको आफ्नै डिकार्बोनाइजेशन लक्ष्यलाई कमजोर पार्न सक्छ, घरेलु फर्महरूमा प्रतिस्पर्धात्मक दबाब कम गर्न सक्छ, र नवीनता र उत्पादकतालाई दबाउन सक्छ,” लेखमा भनिएको छ। लेखमा अगाडी भनिएको छ, “‘पहिले नै असफल भइरहेको औद्योगिक नीति’ तर्फ धकेल्ने यो अतिरिक्त शुल्कले थप व्यापार अवरोध र राज्यबाट सहायताको माग गर्दछ।”

हावाबाट चल्ने टर्बाइनको चिनियाँ आपूर्तिकर्ता र सार्वजनिक खरीदसहित अन्य अनुसन्धानहरू जारी रहेको उल्लेख गर्दै लेखमा भनिएको छ, “स्वतन्त्र व्यापारको लागि इयूको प्रतिबद्धतालाई कमजोर पादै यस्ता उपकरणहरू अत्यधिक प्रयोग भइरहेका छन् ।” समर्थकहरूले यो करले चिनियाँ कार निर्माताहरूलाई युरोपमा क्षमता निर्माण गर्न प्रेरित गर्ने दाबी गरे तापनि चीनलाई युरोपमा वितरण र सेवा सञ्जाल निर्माण गर्न समय लाग्नेछ। 

सन् २०२० देखि चीनमा निर्मित विद्युतीय सवारी साधनको बढ्दो आयातका बावजुद ब्याट्रीबाट चल्ने इभीको नयाँ बिक्रीमा चिनियाँ ब्रान्डको हिस्सा आठ प्रतिशत मात्र छ । 

यसैबीच, युरोपेली सवारी साधन (कार) निर्माताहरूलाई अझै पनि चीनको बढ्दो बजारमा पहुँचको आवश्यकता छ। उच्च लागत, सुस्त नवीनता, नियामक चुनौतीहरू र खण्डित पूँजी बजारले युरोपेली कार उत्पादकहरूलाई ठूलो असर पार्छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved