नेपालको लागी सुजुकी दुई पाङ्गे (मोटरसाइकल तथा स्कुटर) को आधिकारिक वितरक भि.जि अटोमोबाईल्स प्रा.लि.ले एमएडब्लू हायर पर्चेज प्रा.लि. सँग ग्राहकलाई सरल र सुलभ किस्ताबन्दिमा फाइनान्स सेवाहरू प्रदान गर्न सम्झौता गरेको छ । एमएडब्लू हायर पर्चेजले आगामी दिनमा नेपालभरका सबै भि.जि सुजुकी दुई पाङ्ग्रे डिलर तथा आफ्ना आउटलेटहरू मार्फत सजिलो र झन्झटमुक्त फाइनान्स सेवा प्रदान गर्ने भएको छ । साथै यो साझेदारीले ग्राहकहरूलाई सुजुकी मोटरसाइकल तथा स्कुटर खरिद गर्न सरल, सुलभ र किफायती तरिकाले फाइनान्स प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो सम्झौताको माध्यमबाट ग्राहकहरूले छिटो र छरितो सेवाको साथ २४ महिनासम्म को किस्ताबन्दिमा सुविधाजनक ईएमआई विकल्पहरू मार्फत भुक्तानीको साथमा सहज र सर्वसुलभ रुपमा फाइनान्सिब सुविधाको लाभ प्राप्त गर्न सक्ने छन् ।
भन्ने कुरा भि.जि अटोमोबाईल्स प्रा.लि.का महाप्रबन्धक धिरज भट्टराईले भने“यो सम्झौताले नयाँ सुजुकी मोटरसाइकल तथा स्कुटर खरिद गर्न ग्राहकहरुलाई बिना झन्झट, एकै ठाँउबाट सरल र सुलभ फाइनान्स सुविधा प्रदान गर्नेछ ।”