बजाजको साटा साट योजना : जुनसुकै ब्राण्डका मोटरसाईकल साट्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2024 | 06:17:22 PM मा प्रकाशित

laxmi sunrise bank

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाईकल साटा–साटको योजना शुरू गरेको छ । यस योजना अन्तर्गत जुन सुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाईकल साटा–साट गर्न सकिने कम्पनीले जनाएको हो ।

हंसराज हुलासका निर्देशक अभिमन्यु गोल्छाले भने “बजाज बाईकको लोकप्रियता र हाम्रा ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै हामीले यो सुनौलो योजना शुरु गरेका हौं । साथै हाम्रा ग्राहकहरूका लागि यस्ता नयाँ नयाँ योजनाहरु अझ अरूपनि ल्याउने प्रतिवद्धता पनि व्यक्त गर्दछौ ।”

बजाज मोटरसाइकलको यो साटासाट कार्यक्रम अन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथसाथै यस कार्यक्रम अन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरूलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरु उपलब्ध गराउने व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो योजना यही कार्तिक ८ गतेदेखि शुरू भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved