टीभीएसको बाइक खरिद गर्दा जनकपुरका उतीम लाल साहले रु. १० लाख ५ हजार नगद जितेका छन् । नेपालीहरूको महान् चाड दशैं, तिहार र छठका अवसरमा टीभीएसद्वारा आयोजित ‘टीभीएस संग नयाँ युगको आरम्भ २०२४’ उपहार योजना अन्तर्गत साहले बाइक खरिद गर्नु अघि रु। ५ हजार र खरिद पश्चात् रु १० लाख जित्न सफल भएका हुन् ।
साहका साथै, महा एक्सचेन्ज मेला, भृकुटीमण्डपमा टीभीएसको सवारी साधन खरिद गर्दा टेकराज गुरुङले रु ५ लाख ५ हजार जित्न सफल भएका छन् । उनले खरिदअघि रु। ५ हजार र खरिद पश्चात् रु. ५ लाख जित्न सफल भएका हुन् । महा एक्सचेन्ज मेला, भृकुटीमण्डपमै टीभीएसको सवारी साधन खरिद गरेका प्रकाश अधिकारीले सवारी साधनको खरिदमा ५० प्रतिशत क्यासब्याक र खरिदअघि रु. ५ हजार जित्न सफल भएको जानकारी दिइएको छ ।
त्यसैगरी, बागेश्वरी अटोमोटिभ्स, धनगढीमा टीभीएसको सवारी साधन खरिद गरेका सञ्जित चौधरीले २५५ क्यासब्याक र खरिदअघि रु.५ हजार जित्न सफल भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै, ‘टीभीएस संग नयाँ युगको आरम्भ २०२४’ उपहार योजना अन्तर्गत हाल सम्म २ जनाले नगद रु. १ लाख, ४ जनाले नगद रु.५० हजार, १० जनाले नगद रु.२५ हजार, १५ जनाले नगद रु.१५ हजार र १८ जनाले नगद रु. ५ हजार जित्न सफल भइसकेका छन् ।
नेपालमा दुईपाङ्ग्रे सवारी साधनको क्षेत्रमा अग्रणी ब्रान्ड टीभीएसले उपहार योजना अन्तर्गत टीभीएसको नेपाल भर रहेका अनधिकारिक विक्रेता मार्फत टीभीएसका सवारी साधन खरिद गरेका उपभोक्ताहरू मध्य नगद उपहार जित्न सफल भाग्यशाली विजेताहरूको घोषणा गरेको हो । टीभीएस संग नयाँ युगको आरम्भ, उपहार योजना देशभरका टीभीएसका सवारी साधनका लागि आधिकारिक बिक्री केन्द्रहरू मार्फत आयोजना भइरहेको छ ।
यस मेलालाई सफल बनाउन सहयोग गर्ने हरेक ग्राहकलाई धन्यवाद दिँदै, कम्पनीले योजना कायम रहेको र यस योजनामा सहभागिता जनाई मौकाको उल्लेख्य फाइदा लिन सबैलाई आग्रह गरेको छ । साथै, आगामी दिनहरूमा पनि अझ उत्कृष्ट र रोचक सवारीसाधनसँगै ग्राहकलाई थप आकर्षक अफरहरू ल्याइरहने प्रतिबद्धता व्यक्त गरेको छ ।