बीएमडब्लु एक्स सेभेन एक्सड्राइभ चालिसआइ एक हप्तामै बिक्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2024 | 04:56:11 PM मा प्रकाशित

laxmi sunrise bank

नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सका एकमात्र आधिकारिक आयातकर्ता र डिलर, लक्ष्मी प्रिमियम मोटर्सले ७ करोड पर्ने  देशकै सबैभन्दा महँगो लक्जरी गाडी  बीएमडब्लु एक्स सेभेन एक्सड्राइभ चालिसआइ ल्याएको एक हप्ताभित्र बिक्री गरेको छ । कम्पनीका अनुसार, यो मोडल कार्तिक २९, २०८१ मा नेपाल आयात गरिएको थियो। अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, मजबूती, सुरक्षा, शक्ति, र विलासी सुविधाले सुसज्जित यो गाडी अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडी हो ।

यस बिक्रीले नेपाली उपभोक्ताबीच प्रिमियम गाडीप्रतिको चासो र रुचिलाई प्रस्ट रूपमा उजागर गरेको छ। कम्पनीले जनाए अनुसार बीएमडब्लु एक्स सेभेन एक्सड्राइभ चालिसआइ को छोटो समयमा भएको सफल बिक्रीले नेपालमा प्रिमियम गाडीहरूको बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ । यो उपलब्धिले नेपाली बजारमा लक्जरी गाडीहरूको बढ्दो प्रभावलाई थप सशक्त बनाएको छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved