शौर्य अटोमोबाइल्सको प्रिमियम इलेक्ट्रिक सेडान सार्वजनिक, यस्तो छ मूल्य र फिचर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2024 | 10:11:54 PM मा प्रकाशित

laxmi sunrise bank

शौर्य अटोमोबाइल्स प्रालि. ले नेपालमा JMEV GSE, प्रिमियम इलेक्ट्रिक सेडान सार्वजनिक गरेको छ। "सबैभन्दा मूल्यवान प्रिमियम सेडान" को रूपमा परिचित यो गाडीले अत्याधुनिक प्रविधि, विलासिता र उत्कृष्ट प्रदर्शनको संयोजन गर्दै दिगो गतिशीलताको नयाँ परिभाषा प्रस्तुत गर्ने कम्पनीको विश्वास रहेको छ।

कम्पनीकाअनुसार यसका मुख्य विशेषतामा ४९ kWh रेन्ज: ४२० किमी (NEDC परीक्षण),  ९९ kW | ग्राउन्ड क्लियरन्स: >१७० मिमी ३६०° AVM भिजुअल सिस्टम, थप सुरक्षाको लागि प्यानोरामिक मूनरुफ, विलासितापूर्ण अनुभव, मिशेलिन टायरहरू,  शान्त र सहज यात्रा, ४१० लिटरको बुट स्पेस रहेका छन्। 

त्यस्तै JMEV GSE को मूल्य NPR ५३,९९,००० रहेको छ। गाडीको अनुभव लिन शौर्य अटोमोबाइल्स, दरबारमार्गमा टेस्ट ड्राइभ उपलब्ध रहेको कम्पनीले जनाएको छ।

कार्यकारी निर्देशक अखिल गुप्ता ले भने, “JMEV GSE नवीनता, विलासिता र दिगो प्रविधिको प्रतीक हो। यो नेपालका EV बजारमा गेम-चेन्जर बन्नेछ।”

JMEV GSE ले नेपालको विद्युतीय सवारी साधन क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved