डीपलको बहुअपेक्षित नयाँ गाडी सार्वजनिक, विशेष अफर र टेस्ट ड्राइभ क्याम्पको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2025 | 01:03:45 PM मा प्रकाशित

laxmi sunrise bank

एमएडब्लू वृद्धिले आफ्नो नयाँ र शक्तिशाली इलेक्ट्रिक एसयुभी दिपाल 'एसओसेवेनएल'  सार्वजनिक गरेको छ। यस गाडीले नेपालको ईभी बजारमा ७५० युनिट बिक्रीको सफलता पश्चात थप उन्नत प्रविधि, विस्तारित दायरा र उत्कृष्ट प्रदर्शनको प्रतिवद्धता प्रस्तुत गरेको कम्पनीले जनाएको छ। 

समारोहमा एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, डीपलका ब्रान्ड एम्बेसडर पारस खड्का र प्रबन्ध निर्देशक विवेक सिकरियाले गाडीको अनावरण गरे। विष्णु अग्रवालले नेपालको सबैभन्दा ठूलो ९१ चार्जिङ स्टेशन नेटवर्क स्थापना गरेर ईभी स्वामित्वलाई सहज बनाउने प्रतिबद्धता दोहोर्‍याए।

कम्पनीकाअनुसार डीपल 'एसओसेवेनएल'  ले १६० किलोवाट मोटर र ७९.९ किलोवाट-घण्टा ब्याट्रीको संयोजनमा ४८५ किलोमिटर दायरा प्रदान गर्नेछ। गाडीको गति १८० किमी/घण्टा रहेको छ भने ०–१०० किमी/घण्टा केवल ६.६ सेकेन्डमा पुग्नेछ। बोल्ड डिजाइन, २० इन्च अलोय ह्वील, १५.६ इन्च टचस्क्रिन, अगमेन्टेड रियालिटी हेड-अप डिस्प्ले लगायत उन्नत प्रविधिहरूले यसलाई अझ आकर्षक बनाएको छ।

विशेष अफर अन्तर्गत १५ दिनको लागि डीपल 'एसओसेवेनएल' नेपाली रुपैयाँ ८१.९९ लाखमा उपलब्ध हुनेछ, जुन पछि ने.रू. ८४.९९ लाख हुनेछ।

साथै, माघ ५ देखि १२ गतेसम्म सबै शोरूमहरूमा डीपल टेस्ट ड्राइभ क्याम्प आयोजना हुने जानकारी दिइएको छ। यो अभियानमा विशेष मूल्य, एक्सचेन्ज सुविधा, निःशुल्क बीमा, सडक कर र चार्जर जस्ता अफरहरू समावेश छन्।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved