बिवाईडीको नयाँ गाडी 'सीलिअन ७' विश्व बजारमा सार्वजनिक, कस्तो छ मूल्य र फिचर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2025 | 11:09:12 PM मा प्रकाशित

laxmi sunrise bank

बिवाईडी इन्डियाले भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको छ। बिवाईडीले सीलिअन ७ प्योअर परफर्मेन्स एसयुभी सार्वजनिक गरेको भारतीय संचार माध्यमले जनाएका छन्। 

संचार माध्यमकाअनुसार बिवाईडीको सार्वजनिक भएको यस विद्युतीय सवारी साधन उत्पादन श्रृंखलामा ठूलो उपलब्धि थपेको छ। विद्युतीय एसयुभी को बुकिङ सुरु भइसकेको छ। र फेब्रुअरी १७, २०२५ सम्म बुकिङ गर्ने ग्राहकहरूले विशेष अफरहरू प्राप्त गर्न सक्नेछन्।

बिवाईडी सीलिअन ७ मा रहेको चेसिसमा एकीकृत गरिएको ८२.५६ kWh को ब्लेड ब्याट्री यसको प्रमुख बिशेषता हो। यसले एसयुभीको सुरक्षा र प्रदर्शनलाई अझ प्रभावकारी बनाएको छ। 

३९० kW (६९० Nm) पावर, ०-१०० किमी/घण्टा गति ४.५ सेकेन्डमा, र ५४२ किमी दायराको परफर्मेन्स भेरियन्ट र  ३० kW (३८० Nm) पावर, ०-१०० किमी/घण्टा गति ६.७ सेकेन्डमा, र ५६७ किमी दायराको प्रिमियम भेरियन्ट गरी यो एसयुभीमा दुई भेरियन्टमा उपलब्ध रहेको बताइएको । 

एसयुभी को डिजाइन प्रसिद्ध डिजाइनर वुल्फग्याङ एगरले गरेका हुन्। यसमा १५.६ इन्चको घुम्न सक्ने टचस्क्रिन, नप्पा छालाका सिटहरू, परिवेश प्रकाश, र प्यानोरामिक ग्लास रूफ जस्ता सुविधाहरू छन्। यसमा VTOL (भेहिकल-टु-लोड) क्षमता छ, जसले अन्य उपकरणहरूलाई पावर दिन सक्छ। स्मार्ट टर्क कन्ट्रोल (iTAC) ले सवारीलाई अझ सुरक्षित र प्रभावकारी बनाएको छ।

बिवाईडी सीलिअन ७ ले लक्जरी डिजाइन र भविष्यको प्रविधि साथ भारतको विद्युतीय एसयुभी बजारमा नयाँ मापदण्ड स्थापना गर्ने अपेक्षा गरिएको छ। यसको मूल्य फेब्रुअरी १७, २०२५ मा सार्वजनिक गरिनेछ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved