
अल्फा अटोमोटिभ प्रा. लि. का दक्ष टेक्निसियन बिनोद महर्जनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उचो बनाएका छन्। रोयल इनफिल्ड नेपालका आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ अन्तर्गत नक्साल सर्भिस सेन्टरका वरिष्ठ टेक्निसियन महर्जनले ग्लोबल टेक्निसियन प्रतियोगिता २०२५ मा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो रनर-अप स्थान हासिल गरेका छन्।
फेब्रुअरी ६, २०२५ मा भारतको चेन्नईमा सम्पन्न यो प्रतिष्ठित प्रतियोगितामा उनले आफ्नो उच्च दक्षता, समर्पण र व्यावसायिक क्षमता प्रदर्शन गरे। मोटरसाइकल मर्मत तथा प्रविधिगत समस्याहरू समाधान गर्ने सीपमा आधारित यो प्रतियोगिता ४० देशका उत्कृष्ट टेक्निसियनहरूबीच भएको थियो।
नेपालका प्राविधिक अन्तर्राष्ट्रिय मञ्चमा अब्बल
कार्यक्रममा रोयल इनफिल्ड इन्डियाका प्रवन्ध निर्देशक प्रदीप मेथ्युले महर्जनलाई बधाई ज्ञापन गर्दै प्रमाणपत्र प्रदान गरे। नेपाली टेक्निसियनहरूले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल स्थान हासिल गर्न सक्ने क्षमता राख्ने यो सफलताले प्रमाणित गरेको छ।
अल्फा अटोमोटिभको प्रतिबद्धता
महर्जनको यस उपलब्धिपछि अल्फा अटोमोटिभ प्रा.लि.ले आगामी दिनहरूमा पनि नेपाली टेक्निसियनहरूको सीपलाई निखार्ने अवसरहरू सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपालका प्राविधिकहरूलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउने उद्देश्यसहित, यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली सहभागिता अझ बढाउने प्रयास गरिने छ।