टीभीएस एनटर्क रेस एक्सपी ब्ल्याक नेपालमा सार्वजनिक, उच्च पावर स्कुटरको प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2025 | 04:56:42 PM मा प्रकाशित

नेपालको स्कुटर बजारमा नयाँ युगको सुरुवात गर्दै जगदम्बा मोटर्सले टीभीएस एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो नेपालकै पहिलो १० पीएस भन्दा माथिको पावर भएको १२५ सीसी स्कुटर हो, जसले उच्च प्रदर्शन, नवीन प्रविधि र आक्रामक डिजाइन प्रस्तुत गर्ने दाबी गरिएको छ।

कम्पनीले स्कुटरलाई डुअल राइड मोड, भ्वाइस असिस्ट प्रविधि, र रेस–इन्स्पायर्ड डिजाइनसहित सार्वजनिक गरेको हो। डुअल राइड मोडमा स्ट्रीट मोडले आरामदायी यात्रा सुनिश्चित गर्ने भनिएको छ भने रेस मोडले उच्च गतिको अनुभव प्रदान गर्ने दाबी गरिएको छ। कम्पनीका अनुसार, यो स्कुटरले ०–६० किमि प्रति घण्टाको गति ८.३ सेकेन्डमा प्राप्त गर्न सक्ने तथा ९८ किमि प्रति घण्टाको उच्चतम गति दिन सक्षम रहेको उल्लेख छ।

नेपालको स्कुटर सेग्मेन्टमा पहिलो पटक भ्वाइस असिस्ट टेक्नोलोजी ल्याइएको समेत बताइएको छ। कम्पनीका अनुसार, राइड मोड स्विच, नेभिगेसन, र कल व्यवस्थापन जस्ता २० भन्दा बढी आदेशहरू भ्वाइस कमान्डमार्फत सञ्चालन गर्न सकिने सुविधा रहेको छ।

उच्च गतिको अनुभव प्रदान गर्ने दाबी गरिएको भए पनि नेपाली सडकमा यसको वास्तविक प्रदर्शन कस्तो हुनेछ भन्नेमा भने उपभोक्ताहरूले अझै प्रतीक्षा गर्नुपर्ने देखिन्छ। स्कुटरमा उपलब्ध प्रविधिहरूले नेपाली ग्राहकको अपेक्षालाई कत्तिको पूरा गर्न सक्छ, भन्ने कुराले मात्र यसको बजार सफलता निर्धारण गर्नेछ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved