नयाँ वर्ष २०८२ को अवसरमा भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकका लागि विशेष अफर सार्वजनिक गरिएको छ । नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकोर्पले ‘खुसीयाली साटा–साट’ योजना घोषणा गरेको हो ।
उक्त अफर अन्तर्गत स्कुटर खरिद गर्दा ग्राहकले नगद छुट, सस्तो ब्याजदरमा किस्ता सुविधा, अतिरिक्त मूल्यांकन, निःशुल्क उपहार तथा छिटो र सरल फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार नयाँ वर्ष अफरमा भेस्पार वा अप्रिलिया स्कुटर खरिद गर्दा ग्राहकले रु. १०,००० को नगद छुट प्राप्त गर्नेछन् । साथै, ४.९९ प्रतिशत ब्याजदरमा इएमआई सुविधा उपलब्ध गराइएको छ, जुन हालसम्मकै सबैभन्दा सस्तो ब्याजदर भएको कम्पनीको दाबी छ ।
त्यसैगरी, स्कुटर एक्सचेन्ज गर्दा ग्राहकले १० हजार बराबरको अतिरिक्त मूल्यांकन पाउने छन् । हरेक खरिदमा ग्राहकले निःशुल्क हेल्मेट र किरिङ उपहारका रूपमा प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
फाइनान्सिङ सुविधा पनि सहज बनाउन कम्पनीले हुलास फिनसर्भ लिमिटेड सँगको सहकार्यमा छिटो र सजिलो ऋण प्रक्रिया लागू गरेको जनाएको छ ।
कम्पनीले उपभोक्तामाझ नयाँ वर्षको अवसरमा आर्थिक सुविधा, सुरक्षात्मक उपहार र मूल्य अभिवृद्धिसहितको यो अफर ल्याएको जनाउँदै आम ग्राहकलाई समयमै योजना लाभ उठाउन आग्रह गरेको छ ।