यामाहा नेपालले नयाँ वर्षको सुरुवातसँगै इन्धन दक्षतामा क्रान्तिकारी मानक स्थापित गर्दै रेजेडआर १२५ एफआई हाइब्रिड स्कुटरका लागि ‘हाइएस्ट माइलेज इन नेपाल’ अभियान सुरु गरेको छ । कम्पनीका अनुसार उक्त स्कुटरले ARAI प्रमाणित ७१.३३ किलोमिटर प्रति लिटर माइलेज प्रदान गर्छ ।
उक्त स्कुटरमा एड्भान्स हाइब्रिड टेक्नोलोजी समावेश गरिएको छ, जसले पावर, माइलेज र स्मार्ट इनोभेसनको सन्तुलन प्रदान गर्दै यसलाई दक्ष र टिकाउ सवारीका रूपमा स्थापित गरेको कम्पनीले जनाएको छ ।
हाइब्रिड पावर असिस्ट प्रणाली समावेश रहेको स्कुटरले एक्सेलेरेशनको समयमा टर्क बूस्ट प्रदान गर्छ, जसले सहज र शक्तिशाली सवारी सुनिश्चित गर्दछ । साथै, यसमा रहेको OBD-II प्रणाली ले इन्जिनको रियल-टाइम निगरानी गर्दै दीर्घकालीन टिकाउपना सुनिश्चित गर्दछ ।
यामाहा नेपालले यस स्कुटरमार्फत युवा र खेलकुदप्रेमी लक्षित गर्दै बजार विस्तार गर्ने रणनीति अघि सारेको छ । यसैक्रममा कम्पनीले नेपाल सुपर लिग सिजन ३ मा काठमाडौँ रेजर्स टिमको टाइटल स्पोन्सर को रूपमा साझेदारी गरेको छ ।
एनएसएलको पहिलो सिजनको च्याम्पियन काठमाडौँ रेजर्ससँगको सहकार्यलाई यामाहाले नेपाली फुटबलमा युवा सहभागिता र उत्साह अभिवृद्धिको संकेत मानेको छ ।
७१.३३ किलोमिटर प्रति लिटरको उत्कृष्ट माइलेज, हाइब्रिड प्रविधि र फुटबल क्षेत्रसँगको सहकार्यले रेजेडआर १२५ एफआई हाइब्रिड लाई इन्धन बचत मात्र होइन, प्रदर्शनको दृष्टिले पनि उत्कृष्ट बनाएको यामाहाको दाबी छ ।