यामाहा ब्लू फेस्ट सफलतापूर्वक सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2025 | 07:51:17 PM मा प्रकाशित

nepal oil ltd

यामाहा नेपालद्वारा आयोजित एक हप्ते ‘ब्लू फेस्ट’ काठमाडौंको भृकुटीमण्डपमा सफलतापूर्वक सम्पन्न भएको छ । एक हप्तासम्म आयोजना गरिएको ब्लु फेस्ट अत्यधिक सहभागिताका कारण कार्यक्रम एक दिन थप गरी वैशाख ४ गतेसम्म सञ्चालन गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ब्लू फेस्ट अवधिभर यामाहाका बाइक तथा स्कुटरमा आकर्षक एक्सचेन्ज, फाइनान्सिङ सुविधा, नगद छुट, निःशुल्क एक्सेसरिज र “थ्रिल अफ थ्री” योजनामा कम्पनीले सहभागीलाई १ लाख रुपैयाँसम्म जित्ने अवसर प्रदान गरेको थियो ।

साथै, टेस्ट राइड, गेमिङ जोन, लाइभ कन्सर्ट र काठमाडौँ रेजर्स खेलाडीहरूसँग भेटघाटले उत्सवलाई थप रोचक बनाएको हो ।

ब्लु फेस्ट आज सम्पन्न भएता पनि ‘थ्रिल अफ थ्री’ योजना देशभरका यामाहा डिलरशिपहरूमा अझै पनि उपलब्ध छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved