बीवाईडी सिगलले जित्यो ’वर्ल्ड अर्बन कार अफ द इयर’ अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2025 | 06:59:28 PM मा प्रकाशित

nepal oil ltd

चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीको सिगल (डोल्फिन मिनी) मोडलले सन् २०२५ को ‘वर्ल्ड अर्बन कार अफ द इयर’ उपाधि जित्दै विश्व अटो उद्योगमा ऐतिहासिक कीर्तिमान कायम गरेको छ। अमेरिकाको न्युयोर्कमा आयोजित न्युयोर्क इन्टरनेसनल अटो शोमा १६ अप्रिलका दिन आयोजित वल्र्ड कार अवार्ड कार्यक्रममा उक्त घोषणा गरिएको हो।

बीवाईडी सिगलले विश्वका अन्य ११ उत्कृष्ट अर्बन कारहरूसँग प्रतिस्पर्धा गर्दै अवार्ड हात पारेको हो। बीवाईडी यस उपाधि जित्ने पहिलो चिनियाँ अटो कम्पनी बनेको छ, जसले चिनियाँ विद्युतीय सवारी क्षेत्रको विकासलाई अन्तर्राष्ट्रिय मञ्चमा पुनः स्थापित गरेको छ।

वल्र्ड कार अवार्डका ९६ जना अन्तर्राष्ट्रिय निर्णायकहरूले बीवाईडी सिगलको अग्रगामी डिजाइन, अर्बन यातायातमा उत्कृष्ट प्रदर्शन र विश्वव्यापी उपभोक्तामाझको लोकप्रियतालाई आधार मानेर अवार्ड प्रदान गरेका थिए। बीवाईडीका कार्यकारी उपाध्यक्ष स्टेला लीले सिगललाई प्राप्त सम्मानले कम्पनीको दिगोपन र नवप्रवर्तनमा आधारित प्रतिबद्धतालाई थप सुदृढ बनाएको बताइन्।

बीवाईडीले विगतका केही वर्षमा अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता हात पार्दै आएको छ। सन् २०२४ मा डल्फिन मोडल वल्र्ड अर्बन कारकै शीर्ष ३ मा परेको थियो भने बीवाईडी सिल पनि वल्र्ड कार अफ द इयरको शीर्ष स्थानसम्म पुगेको थियो।

नेपालमा बीवाईडी सिगलको परीक्षण साइमेक्स इन्क प्रालिले भइसकेको छ। कम्पनीले निकट भविष्यमा बीवाईडी सिगल नेपाली बजारमा आधिकारिकरूपमा लन्च गर्ने संकेत दिएको छ, जसले नेपालको अर्बन ईभी बजारलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved