
नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको एकमात्र आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले ‘अपग्रेड टू प्रीमियम’ नामक एक्सचेञ्ज अफर सार्वजनिक गरेका छन् । वैशाख १७ देखि २३ गतेसम्म सञ्चालन हुने यो साप्ताहिक योजना देशभरका सबै भेस्पा र अप्रिलिया शोरूममा उपलब्ध हुने बताइएको छ ।
कम्पनीका अनुसार यस अफरअन्तर्गत जुनसुकै ब्रान्ड वा अवस्थाको पुरानो दुईपांग्रे सवारी साधन ल्याएर भेस्पा वा अप्रिलिया स्कुटरसँग साट्दा अधिकतम १५ हजार रुपैयाँसम्मको अतिरिक्त मूल्यांकन प्राप्त गर्न सकिन्छ । अन्य ब्रान्डमा साट्दा १२ हजार रुपैयाँसम्मको अतिरिक्त मूल्यांकन प्रदान गरिनेछ ।
यस अफरमा नगद खरिद गर्ने ग्राहकले १० हजार रुपैयाँको निश्चित छुटसहित हेलमेट, स्कुटर कभर र फुटम्याट जस्ता आवश्यक एसेसोरी निःशुल्क प्राप्त गर्नेछन् । साथै, मासिक किस्ताको व्यवस्था पनि गरिएको छ, जसमा ४.९९ प्रतिशतको न्यूनतम ब्याजदरबाट फाइनान्सिङ सुविधा सुरु हुने कम्पनीले जनाएको छ । यो ब्याजदर दुईपांग्रे बजारमा सबैभन्दा कम दरको रुपमा रहेको उल्लेख गरिएको छ ।
डेल्टा अटोकर्पका अनुसार यो योजना ग्राहकहरूलाई उच्चस्तरीय स्कुटरमा सहज र सुलभ अपग्रेडको अवसर दिन लक्षित गरिएको हो । अफर अवधिमा ग्राहकले टेस्ट ड्राइभमा सहभागी भइ विभिन्न उपहार समेत प्राप्त गर्न सक्नेछन् ।