४७ बर्षपछि थाइल्याण्डसंग हवाई सम्झौता हुँदै, गौतमबुद्ध विमानस्थल पनि समेटिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 23, 2018 | 09:54:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र थाइल्याण्डबीच हवाई सेवा सम्झौता हुने भएको छ। दुई देशबीच सन १९७१ मा सम्झौता भएपछि ४७ बर्षयता पुनरावलोकन हुन सकेको थिएन। 

यहि कात्तिक १५ र १६ गते बैंककमा हुने बैठकमा दुई देशबीच पुरानो सम्झौतालाई विस्थापन गर्दै नयाँ सम्झौता हुन लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कार्यवाहक सचिव सुरेश आचार्यले जानकारी दिए। 

बिगतमा सातामा १० वटामात्रै उडान भर्न पाउने सम्झौता भएकोमा अब भने सातामा २१ वटा उडान भर्नेगरी सम्झौता हुन लागेको आचार्यको भनाई छ। सम्झौतामा नयाँ बिषयहरु पनि समावेश गर्नुपर्ने भएकाले लामो प्रयासपछि नयाँ सम्झौता हुन लागेको हवाई महाशाखाका प्रमुख समेत रहेका आचार्यले बताए।

अर्को बर्षदेखि संचालनमा आउने अपेक्षा गरिएको गौतम बुद्ध विमानस्थलमा उडान भर्ने गरि पहिलोपटक गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान गर्नेगरी थाइल्यान्डसँग सम्झौता हुने भएको आचार्यले जानकारी दिए। यसका लागि आचार्य नेतृत्वमा पाँच सदस्यीय टोली सम्झौताका लागि बैंकक जाँदैछ। 

अब हुने सम्झौता अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उल्लेख हुने र उडान संख्यासमेत तोकिने भएको छ। थाइल्यान्डसँग कम्तिमा साताका ७ वटा उडान गौतम बुद्ध विमानस्थलका लागि हुने उनले बताए। नेपाललाई पनि थाइल्यान्डले बैंकक र फुकेटका लागि उडान गर्न पाउने सम्झौता रहेको छ । निगमले भने बैंककमा मात्रै उडान भर्दैै आएको छ ।       

थाइल्यान्डबाट थाई एयरवेज र थाईलाइन एयरले उडान गर्दै आएका छन् भने नेपालबाट नेपाल वायुसेवा निगमले उडान भर्दै आएको छ। थाई एयरवेजले दैनिक काठमाडौंमा उडान गर्दै आएको छ भने थाइलाइन एयरले सातामा ३ वटामात्रै उडान गर्दै आएको छ। नेपालबाट हिमालय एयरलाइन्सले पनि उडान गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ। 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved