१२४ सवार विमान अपहरणको सूचनाले विमानस्थलमा हल्लीखल्ली

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 11, 2018 | 10:51:54 AM मा प्रकाशित

laxmi  sunrise bank

१२४ जना सवार विमान अपहरणको सूचनाले भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको माहोल तनावमय बन्न पुगेको छ। अरियाना अफगान एयरलाइन्सको विमानका क्याप्टेनले शनिबार दिउँसो विमान अपहरणमा परेको सन्देश प्रवाह गरेपछि विमानस्थलमा हल्लीखल्ली मच्चिएको भारतीय संचार माध्यमले जनाएका छन। 

शनिबार दिउँसो ३ः३० बजे भारतको इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नुपर्ने उक्त बिमानमा पाइलटको तर्फबाट विमान अपहरणमा परेको सन्देश पठाइएको थियो। त्यसपछि विमानलाई टेकअफ गर्नुभन्दा अगाडि नै सुरक्षा अधिकारीहरुले रनवेमै विमानलाई चारैतिरबाट घेरा हालेका थिए।

त्यहाँका सुरक्षा अधिकारिहरुको सोधपुछपछि क्याप्टेनले झुक्किएर अपहरण परेको सूचना दिने अलार्म बजाएको कुरा बाहिर आएको हो। त्यसपछि पनि सूरक्षा अधिकारीहरुले पूरै विमान जाँच गरेपछि विमान उड्न दुई घण्टा ढिला भयो ।

पाइलटले अलार्म सिस्टममा कोड नम्बर ७५०० राखेपछि अलार्म बजेको हो। अलार्म सिस्टममा कोड नम्बर ७५०० राख्नुले विमान हाइज्याकमा परेको सूचना दिने जनाउछ। यसैक्रममा गल्तीले अलार्म बटन थिचियो र एयर ट्राफिक कन्ट्रोल रुममा विमान अपहरणमा परेको सन्देश गयो। नागरिक उड्डयन सुरक्षा अधिकारीहरुका अनुसार पूरै जाँच गरेपछि मात्रै विमानलाई उड्न दिइएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved