वायुसेवा निगमका महाप्रबन्धक कंसाकारलाई कालोमोसो, राज्यको ढुकुटी लुटेको आरोप

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 04, 2019 | 06:16:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई नेकपा क्रान्तिकारी माओवादी युवा संगठन, क्रान्तिकारी युवा लिगका कार्यकर्ताले कार्यकक्षमै गएर कालोमोसाे दलेका छन् ।

मोहन वैद्य नेतृत्वको कार्यकर्ताले कार्यकक्षमै पुगेर कंसाकारलाई कालोमोसो दलेको हो। वाइडबडी खरिद प्रकरणको विषयलाई लिएर कार्यकक्षमै पुगेर कालोमोसो दलेका हुन।

वाइडबडी प्रकरणमा भएको अनियमितताबारे छानविन गर्न गठित सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी खरिद प्रकरणमा महाप्रबन्धक कंसाकारसहित सातजनालाई कारबाही गर्न लेखा समितिसमक्ष प्रतिवेदन पेश गरेको थियो। 

वाइडबडी विमान खरिदमा ४ अर्ब ३५ करोड रुपैयाँ भ्रष्टाचार भएको र त्यसमा कंसाकारको मुख्य भूमिकामा रहेको भन्दै उनीहरुले कंसाकारलाई  कालोमोसो दलेको बताए। पार्टीको केन्द्रीय नीति अनुरुप स्थानीयस्तरमा भ्रष्टाचारीलाई कारवाही गर्ने कार्यक्रम अनुरुप कंशाकारलाई कालोमोसो दलिएको क्रान्तिकारी युवा लिगका ३ नं. प्रदेश संयोजक केशव ढलकुटीले बताए। 

सांसदद्वारा मन्त्री अधिकारिको बचाउ, वाइडबडी प्रकरणमा कंसाकार महानायक, पूर्वराजाभन्दा तगडा

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved