'५ लाख नदिंदा कालोमोसो दलेर भागे'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 04, 2019 | 07:53:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई वैद्य माओवादी निकट बताउने विद्यार्थी संगठनले कालाेमाेसाे दलेका छन। वाइडबडी जहाज खरिद प्रकरणमा मुख्य दोषी पाइएकाले कंसाकारलाई कालोमोसो दलिएको मोहन वैद्य नेतृत्वको माओवादी युवा संगठन, क्रान्तिकारी युवा लिगका कार्यकर्ताको दाबि छ। 

तर आर्थिक सहयोग नगरेकाले आफूमाथि कालोमोसो दलिएको कंसाकारको भनाई छ। उनकाअनुसार दिउँसाे चार बजेकाे समयमा दुई जना व्यक्ति कार्यकक्षमा आएर आफुहरु बैद्य समुहको बिद्यार्थी संगठनबाट आएको बताउदै उनीहरुले ५ लाख आर्थिक सहयोग मागे। आफुले ५ लाख होइन खल्तीमा ५ हजार छ त्यही लैजानुस भन्दा उनीहरुले कालोमोसो दलेर भागे।       

उनकाअनुसार मसी छ्याप्नासाथ दुवैजना कोठबाट बाहिर भागे। कार्यालयका सुरक्षा गार्डले समाउन खोज्दा तिनीहरू फुत्किन सफल भए । पछि कार्यालयमा बुझ्दा ती व्यक्ति हिजो–अस्ति पनि आएका रहेछन् । उनीहरू पूर्वतयारीका साथ आएका रहेछन् । 

कंसाकारलाई वाइडबडी जहाज खरिदमा अनियमितता गरेकाे संसदकाे सार्वजनिक लेखा समितिले गठन गरेकाे उपसमितिले आराेप लगाएकाे छ। शुक्रबार (पुष २० गते) समितिको बैठकमा बोल्ने अधिकांश सांसदले कंसाकारलाई दोषी ठहर्याउदै उनिबिरुद्द तत्काल कारबाहीको माग गरे। 

वायुसेवा निगमका महाप्रबन्धक कंसाकारलाई कालोमोसो, राज्यको ढुकुटी लुटेको आरोप

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved