फेवातालमा खसेका प्याराग्लाईडरको सकुशल उद्धार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2019 | 10:29:32 PM मा प्रकाशित

laxmi  sunrise bank

प्याराग्लाईडिङ्ग गर्ने क्रममा फेवातालमा खसेका दुई जना बिदेशी नागरिकको सकुशल उद्धार भएको छ। प्याराग्लाईडिङ्गको क्रममा कास्कीको पोखरा महानगरपालिका ६ लेकसाईडस्थित फेवातालमा खसेका दुई जना विदेशी नागरिकलाई एपीएफ टोलीले सोमबार सकुशल उद्धार गरेको हो। 

प्याराग्लाईडिङ्ग गरिरहेको बेला अचानक आएको हावाहुरीको कारण दुई वटा प्याराग्लाईडिङ्गमा सवार जापनिज नागरिक ५० वर्षिय हिरा काजु र ७२ वर्षिय बतना फेवातालमा खसेका थिए ।

दुई वटा प्याराग्लाईडिङ्ग फेवातालमा खसेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा कास्की नम्बर २४ गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक दिपेन्द्र बिष्टको नेतृत्वको एपीएफ टोली तत्कालै खटिई गई उनीहरुको सकुशल उद्धार गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved