ठुलो दुर्घटनाबाट जोगियो युएईबाट काठमाडौँको लागि उडेको ईथिहाड एयरको विमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2019 | 01:20:41 PM मा प्रकाशित

laxmi  sunrise bank

युएईको राजधानी आबुधाबीबाट काठमाडौँको लागि उडेको ईथिहाड एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट जोगिएको छ  । ईथिहाडको एयरबस ३२० को उक्त विमान अर्को एक अन्तर्राष्ट्रिय विमानसंग एकदमै नजिक आएर ठोक्किनबाट जोगिएको हो । 

काठमाडौँ आउँन लागेको उक्त विमान ३१ हजार फिटको उचाईमा उडिरहेको थियो  ।  सोहि समयमा भियतनामको हो चि मिन्हा सिटी बाट फ्रान्सको पेरिस जान लागेको एयर फ्रान्सको विमान एकदमै निकट आएको हो। यो घटना चैत्र १ गते शुक्रबारको हो  । दुवै विमानमा भारतको मुम्बईको आकाशमा ठोक्किनबाट जोगिएका हुन् ।

भारतको टाइम्स अफ इन्डियाका अनुसार शुक्रबार दिउँसो १ बजेर ४० मिनेटमा पेरिस जान लागेको विमान ३२ हजार फिटको उचाईमा उडिरहेको थियो । सोहि समयमा काठमाडौँ आउन लागेको विमान पनि मुम्बईको आकाशमा पुगेको थियो । मुम्बईको एयर ट्राफिक कन्ट्रोलरले काठमाडौँ आउँन लागेको विमानलाई पनि ३२ हजार फिटको उचाईमा जान आग्रह गर्यो । ३२ हजार फिट कै उचाईमा पेरिस जान लागेको विमान थियो । बिपरित दिशाबाट आई रहेका यी दुई जहाज एकदमै नजिक आएका हुन् । समाचारमा जनाईए अनुसार यी दुई जहाज केहि सेकेन्डको दुरीमा मात्र थिए । 

दुवै विमानमा भएको 'ट्राफिक कोलाइजन अभोईडेन्स सिस्टम' अर्थात् विमान जुध्न बाट रोक्न सघाउने संयन्त्र सक्रिय भएर पाइलटलाई तुरन्त विमान टाढा लैजान संदेश दिएको थियो ।  सोहि कारण यी दुई विमान एकआपसमा ठोक्किनबाट जोगिएर ठुलो दूर्घटना टरेको हो । 

काठमाडौँ आउँन लागेको विमानलाई ३२ हजार फिटको उचाईमा जान आग्रह गर्ने कन्ट्रोलरमाथि छानविन भईरहेको छ  । यतिबेला मुम्बईको आकाशमा धेरै नै हवाइ ट्राफिक हुने गरेको छ । अत्याधिक चाप बढेकोले त्यहाँका कन्ट्रोलरलाई काम गर्न असहज भईरहेको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन्  । पाकिस्तानले आफ्नो आकाश प्रयोग गर्न रोक लगाएपछि मुम्बईको आकाशमा ट्राफिक बढेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved