आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा चल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 06:47:31 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २१ घण्टा संचालन हुने भएको छ। धावनमार्गमा नयाँ कालोपत्र गर्ने काम सकिएसँगै विमानस्थललाई पुन २१ घण्टा नै संचालनमा ल्याईएको हो ।

तीन हजार मिटर लामो धावनमार्गमा नयाँ कालोपत्र गर्ने विगत तीन महिनादेखि विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै आएको थियो ।त्यो अवधिमा राति १० बजेदेखि बिहान ८ बजेसम्म कुनै पनि उडान हुन पाएका थिएनन्। चिनियाँ निर्माण कम्पनीले समय मै काम सकेपछि २१ घण्टा संचालन सम्भव भएको हो। अब विमानस्थल बिहान ६ बजेदेखि भोलिपल्ट बिहान ३ बजेसम्म संचालन हुने छ । 

त्रिभुवन विमानस्थलमा दैनिक औसत चार सय पटक उडान र अवतरण हुने गर्छन्। नयाँ कालोपत्र गरिएसँगै कम्तीमा अबको १० वर्षका लागि विमानस्थलमा विमान उडान र अवतरणमा हुँदै आएका समस्या अन्त्य भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । 

विमानहरू उड्नुअघि प्रयोग गर्ने मार्ग (ट्याक्सी वे) र विमानस्थल भित्री सडकको निर्माणको काम भने दुई महिनापछि सुरु गरिनेछ। सो समयमा फेरी विमानस्थल बन्द गर्नु पर्ने हुन्छ ।  यी काम अबको दुई महिनापछि सुरु गरिने र उक्त अवधिमा राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल फेरि बन्द हुने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved